१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरले १२ हजार ५२१ जनालाई पोषण भत्ता बाड्दै


प्रकाशित: शनिवार, २३ असार २०८०, १८ः०० बजे
- अजय खड्गी

काठमाडौं । काठमाडौं महानगरले महानगरका ३२ वटै वडाका लाभग्राहीहरुलाई पोषण भत्ता बाड्ने भएको छ । 


महानगरले सार्वजनिक गरको तथ्यांक अुनसार १२ हजार ५२१ ज्ना लाभग्राहीहरुलाई बार्षिक १२ हजार रुपियाँको दरले पोषण भत्ता वितरण गर्न लागेको हो । 


असार मसान्तभित्र ७५ बर्ष पुुगेको वरिष्ठ जेष्ठ नागरिक तथा पूर्ण अपाङगता भएका लाभग्राहीहरुलाई सो भत्ता वितरण गर्न लागेको महानगरको समाजिक विकास विभागले जनाएको छ । 


सो अनुसार महानगरले पोषण भत्ता स्वरुप १५ करोड २ लाख ५२ हजार रुपियाँ वितरण गर्ने भएको छ । 


सबैभन्दा बढि ३१ वडामा ६५५ लाभग्राही रहेको छ भने वडा १८ मा सबैभन्दा कम १८५ जना रहेका छन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex