१३ बैशाख २०८१, बिहिबार
Header

काठमाडौं महानगरले सार्वजनिक बसमा ई–टिकेटिङ लागु गर्दै


प्रकाशित: आईतवार, ४ साउन २०७७, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरले सार्वजनिक बसमा ई–टिकेटिङ लागु गर्ने तयारी गरेको छ । 


महानगरले सरोकारवालाहरुसँग बसमा प्रयोग ल्याईने अटोमेटिक फेयर कलेक्सन (एएफसि) प्रणालीका बिषयमा छलफल चलाएको छ । 


फनटेक इन्टरनेशनलका प्रतिनिधिहरुले महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालसँग सो विषयमा प्रस्तुती दिएका छन । 


अर्यालले जनजीवनलाई सहज बनाउन सञ्चालन गरिने सार्वजनिक यातायातलाई सुरक्षित राख्न प्रबिधिमा आधारित श्पर्शरहित बनाउने प्रयास गरिने वताउँदै निजी क्षेत्रले देखाएको उत्साहलाई हामीले सकारात्मक रुपमा लिएको भनाई राखे ।


अहिले सञ्चालनमा ल्याउन लागिएको प्रणालीलाई बैङ्कहरुले उपलब्ध गराउने एटिएम कार्डसँग जोड्न सके प्राबिधिक रुपमा सेवा बलियो हुने महानगरका सहसचिव राजेश्वर ज्ञवालीको सुझाव छ । 


सो अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकालले भाडा भुक्तानीसँगै यातायात व्यवस्थापनलाई प्रबिधिमा आधारित बनाउन लैजान पाए काठमाडौंमा ट्राफिक व्यवस्थापन सहज वताए । 


सार्वजनिक यातायातको टिकटलाई बिद्युतीय बनाएपछि बालबालिका, बिद्यार्थी, जेष्ठनागरिकलगायत कुन बर्गका मानिस यात्रा गर्छन ? कुन समयमा र कुन ठाउँमा यात्रुको बढी चाप छ । सूचना प्राप्त हुन्छ । 


त्यस्तै हरेक यात्रुले तिरेको रकम सिधा बैङ्क खातामा जम्मा हुन्छ । त्यस्तै संकलित रकम हरेक दिन बेलुका स्वचालित प्रणालीबाट जसको भागमा जानु पर्ने हो । यसको बैङ्क खातामा जम्मा हुन्छ ।


फिनटेकका महाप्रबन्धक हेमन्त अग्रवालकाअनुसार सार्वजनिक सवारी चल्ने अवस्था आउनासाथ काठमाडौंको चक्रपथसहित ५ वटा मुख्य रुटमा चल्ने ३०० वटा बसमा प्रणाली परीक्षण गरिने जानकारी दिए । 


काठमाडौंका बिभिन्न रुटमा चल्ने १८ वटा बस कम्पनीसँग सम्झौता भइसकेको छ । ती कम्पनीसँग करीब १२ सय बस छन ।


यो प्रणाली बसमा जडान हुनेछ र बसमा चढ्दा र उत्रँदा यात्रुसँग भएको कार्ड ट््याब गर्दा स्वतः उसको यात्रा दुरी कायम भएर यातायात व्यवस्था बिभागले तोकेको भाडा काटिन्छ । 


यदि कसैसँग कार्ड छैन भने सहचालकसँग कार्ड लिन सकिने प्रवन्ध मिलाइने छ । कार्ड लिन नचाहने यात्रुलाई सहचालकसँग भएको मेसिनबाट बिद्युतीय टिकट जारी गरेर भाडा लिइन्छ ।


बस रुटमा राखिने बुथबाट कार्ड निःशुल्क रिचार्ज गर्न सकिन्छ । कार्डमा बढीमा ५ सय रुपैयाँ रिचार्ज गर्न सकिनेछ । त्यस्तै बसभित्र रहेको मेसिन बैङ्क र मोवाईल एप्लिकेसनबाट पनि कार्ड रिचार्ज गर्न सकिन्छ ।


प्रणालीमा संकलन भएको रकम हरेक दिन साँझ स्वतः ब्यवसायीहरुको बैक खातामा जम्मा हुन्छ । यो प्रणालीलाई फिनटेकले भारतको बैङ्लोरस्थित ओम इन्फोटेकसँग प्राबिधिक साझेदारिता गरेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD