१५ चैत्र २०८०, बिहिबार
Header

काठमाडौं महानगरले सम्पती कर छुट चैत महिनासम्म बढायो, व्यवासयीलाई ८५ प्रतिशत 


प्रकाशित: सोमवार, २७ पुष २०७७, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पति करमा दिएको १० प्रतिशत छुट चैत्र मसान्तसम्म दिने निर्णय गरेको छ । 


महानगरको सोमबारबाट सुरु भएको आठौं अधिवशेनको सभाले सो निर्णय गरेको महानगरपालिकाले जनाएको छ । कोविड १९ को महामारी नसकिएकोले महानगरबासीलाई दिइएको कर छुटको सुविधा थप ३ महिनासम्म बढाइएको हो । 


त्यसैगरी पर्यटन व्यवसाय शिथिल भएकोले होटल व्यवसायमा परेको प्रभाव कम गराउन यस अघि दिएको ७५ प्रतिशत छुटमा १० प्रतिशत जोडेर कर छुटको अवधिमा अधिकतम ८५ प्रतिशत सम्म कर छुट दिएको छ भने घरधनीहरुले १० प्रतिशत छुट पाउनेछ ।


महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा सुरु बैठकमा तीन ओटा विधेयकहरु ‘काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्न बनेको विधेयक — २०७७’, ‘काठमाडौं महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन विधेयक — २०७७’ र ‘काठमाडौं महानगरपालिका संस्था दर्ता तथा नियमन सम्बन्धी विधेयक — २०७७’ पेश भएका भएका छन ।


ती विधेयकहरु विभागीय प्रमुखहरु क्रमशः हरिकुमार श्रेष्ठ, हरिबहादुर भण्डारी र दीपक अधिकारीले प्रस्तुत गरेका थिए । यी विधेयकहरु आगामी माघ ७ गतेको बैठकमा निर्णयका लागि पेश हुने महानगरपालिकाले जानकारी दिएको छ । 


त्यसैगरी बैठकमा चालु आर्थिक बर्षको ५९ वटा कार्यक्रममा संशोधन प्रस्ताव गरिएको छ । यसरी प्रस्ताव गरिएका कार्यक्रमहरुमा निःशुल्क वितरणका लागि औषधि खरिद, सार्वजनिक सम्पत्तिको मर्मत तथा संरक्षण, स्वास्थ्य उपकरण खरिद, मठमन्दिर, गुठीघर, देवता घरजस्ता सांस्कृतिक संरचनाको पुननिर्माण, मर्मत सम्भार तथा सौन्दर्य बढाउने, सडक स्तरोन्नति गर्ने, ढल तथा मंगाल निर्माण गर्ने काम रहेका छन । त्यस्तै सरकारी र सामुदायिक अस्पतालहरुसँग सहकार्य, यातायात तथा सुरक्षा व्यवस्थापन नगर साझेदारी कार्यक्रमलगायत छन ।


त्यस्तै सार्वजनिक भवनको कम्पाउण्ड सुधार (नो कम्पाउण्ड), दमकल खरिद, नयाँ सडक क्षेत्रमा फुटपाथ निर्माण तथा स्तरोन्नतिलगायत कार्यक्रम छन ।


सभामा उपाध्यक्ष एवं उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, सभाका सचिव एवं प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतसहित नगर सभा सदस्यहरुको उपस्थिती रहेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD