१३ बैशाख २०८१, बिहिबार
Header

काठमाडौं महानगरले सम्पती करमा पुनरावलोकन गर्ने


प्रकाशित: बुधवार, २७ पुस २०७९, १६ः२० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले सम्पती करमा पुनरावलोकन गर्ने भएको छ ।


महानगरको राजस्व परामर्श समितिको बैठकले आर्थिक बर्ष २०८०÷०८१ का लागि सम्पत्ति करमा पुनरावलोकन गर्ने भएको हो ।


महानगरले गएको ७ बर्षदेखि सम्पत्ति करमा पुनरावलोकन गरेको छैन । काठमाडौँ महानगरपालिकाको राजस्व ऐन २०७५ को दफा ८ (१) मा हरेक २ बर्षमा कर पुनरावलोकन गर्न सकिने व्यवस्था छ ।


बैठकमा समितिका संयोजक एवं महानगरका उपप्रमुख सुनिता डंगालले ‘करको दरभन्दा दायरा बढाउनु पर्ने विषयलाई प्राथमिकतामा राख्नु पर्ने बताएकी छिन ।


उनले भनिन, ‘कर निर्धारण प्रणालीलाई बैज्ञानिक बनाएर दायरामा नभएका करदातालाई दायरामा ल्याउनुपर्छ । कर तिर्नेले तिरेको ति¥यै, नतिर्नेले कहिल्यै तिर्नै नपर्ने अवस्था हुनुहुँदैन ’।


बैठकमा सडकको पहुँच र प्रकृतिका आधारमा सम्पत्ति कर निर्धारण हुने भएकोले वडा कार्यालयबाट छलफल चलाएर सडकको प्रकृति शिफारिस गर्न अनुरोध गर्ने निर्णय भएको बताईएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD