५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरले सडक सफा राख्न थप १५० जना जनशक्ति थपे


प्रकाशित: मंगलवार, २१ असार २०७९, १२ः०५ बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरले महानगरका सडक सफा तथा सहरी सफाईको लागि १५० जना जनशक्ति थपेको छ । 


महानगरले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आएका र दैनिक ज्यालादारीमा लिएका जनशक्ति थपेको वातावरण तथा कृषि व्यवस्थापन विभागका प्रमुख सरिता राईले बताईन ।


यसअघि महानगरले नियमित सरसफाईमा काम गर्ने करिब ६ सय कर्मचारी परिचालन हुने गरेको थियो । सरसफाईको लागि ५ वटा क्षेत्र विभाजन गरी हरेक क्षेत्रमा महानगरका नगर प्रहरीको कमाण्डमा सफाई कार्य अघि बढाएको छ । 


पूर्व क्षेत्र (वडा नंं. ६, ७, ८, ९, १०, ३१ र ३२), पश्चिम क्षेत्र ९१३, १४, १५, १६, १७ ० उत्तर क्षेत्र ९१, २, ३, ४, ५, २६ र ३०० मध्य क्षेत्र ९११, १२, १८, १९, २०, २१, २२, २३, २४, २५, २७, २८ र २९० हुन् ।  


एउटा समूहमा २० देखि २२ जनासम्मलाई खटाइएको सरसफाइ तथा अनुगमन शाखा प्रमुख नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्ट बताउँछन ।रत्नपार्क, रानीपोखरी, कमलपोखरी तथा ट्राफिक आइल्याण्डहरुको सफाइमा छुट्टै समूह बनाइएको छ । 


सफाईमा खटिएको जनशक्तिले सडक र किनारा सफाइ गर्ने, फोहोर बटुल्ने, किनाराको झार उखेल्ने, बर्खे पानी बग्ने नालीमा जम्मा भएको माटो निकाल्ने, बोट विरुवा गोडमेल गर्ने, काँटछाँट गर्नेजस्ता काम गर्ने गरेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex