काठमाडौँ । काठमाडौं महानगरपालिकाले बानेश्वर र बालाजुको माछापोखेरी क्षेत्रबाट सडक अतिक्रमण विरुद्ध सचेतना अभियान थालेको छ ।
नगर प्रहरी बलले पैदल मार्गलाई यात्रीमैत्री बनाउन सडक अतिक्रमण विरुद्ध सचेतना अभियान थालेको महानगर प्रहरी बलका प्रमुख, नगर प्रहरी नायव उपरीक्षक धनपति सापकोटाले बताएका छन ।
उनले भने,‘ अव्यवस्थित व्यापारले सहरी सुन्दरता विगार्छ, यसप्रकारको व्यवसाय सरकारसँग जिम्मेवार देखिँदैन । त्यसैले अनौपचारिक व्यापारलाई औचपरिक बनाउनोस् । महानगरलाई सहयोग गर्नोस् भन्ने सन्देश दिने उद्देश्यले अभियान थालिएको हो ।
अहिले अभियानमा दैनिक ३० जनादेखि ५० जनासम्म स्वयमसेवक परिचालन गर्ने गरिएको छ ।
पसल कवल, सटर बाहिर समान राखी व्यावापार गर्नेहरुलाई सामान सडकमा ननिकाल्न, ठाउँ बढाउन थप संरचना नबनाउन, त्रिपाललगायत सामान छोप्ने बस्तु राखेर सुन्दरता नविगार्न अनुरोध गर्ने उनले बताए ।
यस अभियानमा नेपाल प्रहरी ट्राफिक प्रहरी, सामुदायिक प्रहरी, घर धनी, स्थानीय ब्यापार ब्यवसायी संघ, स्कुले बिद्यार्थी, स्थानीय संघ संस्था, क्लब, आमा समूह, महिला समूह, महिला स्वास्थ्य स्वयमसेबिका, सामाजिक अभियन्ताजस्ता सरोकारवालालाई सहभागी गराइएको छ ।
‘भित्री सहरी क्षेत्रका असन, इन्द्रचोक, महावौद्धलगायतका क्षेत्रका सडकमा भएको अवरोध हटाउन चलाईरहेको नगर प्रहरी नायव निरीक्षक लोकनाथ चुडालले बताए ।
Categorized in स्थानिय