काठमाडौं । काठमाडौं महानगरपालिको शिक्षा विभागले संस्थागत विद्यालयका शिक्षकहरुलाई नेपाल भाषाको तालिम दिने भएको छ ।
विहिवार विभागले एक सुचना जारी अध्ययनलाई प्रभावकारी बनाउन तथा यस अघि तालिममा सहभागी नभएका शिक्षकहरुलाई तालिम सहभागी हुन आव्हान गरिएको छ ।
फागुन १५ गतेदेखि २७ गतेसम्म (एक हप्ते) तालिम संचालन हुने विभाग विभाग प्रमुख रामप्रसाद अधिकारीले जानकारी दिए । तालिममा सहभागी हुनेले ११ गते सम्म नाम दर्ता गराउनु पर्ने छ ।
काठमाडौं महानगरले महानगर अन्तर्गतका सम्पूर्ण विद्यालयहरुमा स्थानीय भाषा पाठ्याक्रम लागु गरिसकेको छ ।

Categorized in समाज