३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरले विद्यार्थी अभियान सुरु गर्ने


प्रकाशित: मंगलवार, २६ चैत २०७५, १०ः१० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले नयाँ बर्ष २०७६ बैशाखबाट विद्यार्थी भर्ना अभियान सुरु गर्ने भएको छ । 


महानगरले आगामी वैशाख २ देखि १४ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने विभागका शिक्षा अधिकारी  निर्मला केसीले जनाकारी दिईन । 


मंगलवार आयोजना गरेको सकारात्मक सोच विकास र गुणस्तरीय शिक्षासम्बन्धी अभिमुखीकरण विभागका शिक्षा अधिकारी केसीले सो जानकारी दिँदै विद्यालय बाहिर रहेको विद्यार्थीलाई पनि शिक्षा दिनु महानगरको उद्देश्य रहेको बताईन । 


केसीका अनुसार अभियान सकेपछि १५ देखि ३० गतेसम्म घरदैलो कार्यक्रम गरिनेछ  र आउँदो शिक्षा दिवस अगावै महानगरलाई साक्षर नगर घोषणा गर्ने योजनाअनुसार काम भइरहेको छ । 


अभिमुखीकरण कार्यक्रम सामुदायिक विद्यालयका शिक्षक, शिक्षिका तथा कर्मचारीका लागि आयोजना गरिएको थियो ।


देशको भार थाम्नुपर्ने विद्यार्थीलाई असल बनाउने जिम्मेवारी पाएका शिक्षक सकारात्मक र सृजनात्मक भए मात्र असल नागरिक निर्माण हुन सक्ने धारणा महानगरको प्रशासन महाशाखा प्रमुख गणेशप्रसाद थपलियाले आफ्नो भनाई राखे । 


काठमाडौँ महानगरमा ९१ सामुदायिक र ६४५ संस्थागत गरी ७३६ वटा विद्यालय छन । यी विद्यालयमा दुई लाख तीन हजार ९७१ जना विद्यार्थी अध्ययन छन् । यसमध्ये एक लाख ५८ हजार ९७१ विद्यार्थी संस्थागत विद्यालयमा र बाँकी सामुदायिक विद्यालयमा अध्ययन गर्छन ।


भर्ना अभियानको नारा ‘हाम्रो नगर, हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऔँ’ रहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex