७ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौं महानगरले विद्यार्थीहरुको लागि ल्यायो नायाँ कार्यक्रम ‘स्टीम क्लव’ 


प्रकाशित: शनिवार, १० माघ २०७७, १४ः०० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यार्थीहरुको लागि नयाँ कार्यक्रम ‘स्टीम क्लव’ ल्याएको छ । 


महानगर क्षेत्र भित्रका २५ वटा सामूदायिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षाको प्रवद्र्धनका लागि आविष्कार (स्टीम क्लब)  कार्यक्रम सञ्चालनमा ल्याएको हो  । 


काठमाडौँ महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतका अनुसार पहिलो चरणमा २५ वटा विद्यालय छनोट भएको छ जसमध्ये शिवपुरी माध्यामिक विद्यालयलाई हव विद्यालयका रुपमा छनोट गरिएको छ । 


उनका अनुसार विद्यालयहरुमा कक्षा–९ सम्मका १५ देखि २० जना सम्म विद्यार्थीको सहभागितामा आविष्कार क्लब गठन गरिने छ । यो कार्यक्रम सम्वन्धित विद्यालयसँग सम्झौता भएको मितिदेखि सञ्चालन भई २०७८  असार मसान्तभित्र सम्पन्न गरिसक्नु पर्ने हुन्छ ।  


उक्त क्लबका विद्यार्थीसँग सम्वन्धित विषयका शिक्षकहरुमार्फत गरिने विभिन्न कार्यशालामा भाग लिने, विद्यालयका विज्ञान शिक्षकहरुको भेला आयोजना गरी त्यसको अनुगमन गर्ने जस्ता कार्य हुने गरिने छ । 


यस कार्यक्रमको अन्त्यमा प्रत्येक विद्यालयका अविष्कार क्लबहरुको सहभागितामा हब विद्यालयमा आयोजित आविष्कार मेलामा दिएको समस्याको उत्तम हल निकाल्ने विद्यालय तथा विद्यार्थीलाई पुरस्कृति गरिने छ ।

 
कार्यक्रम सञ्चालनका लागि काठमाडौँ महानगरपालिकाले छनोटमा परेका ती सबै विद्यालयलाई रु एक–एक लाख अनुदान दिएको छ । अनुदानका लागि सम्झौतापत्रमा काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले हस्ताक्षर गरेका छन । 


सो अवसरमा प्रमुखशाक्यले नयाँ सोचका साथ ल्याएको उक्त कार्यक्रमलाई व्यवहारिक रुपमा लागु गर्न विद्यालयका प्रधानाध्यापकहरुलाई आग्रह गरेका थिए । उनले भने ‘काठमाडौँ महानगरपालिकाले नयाँ सोचका साथ यो कार्यक्रम ल्याएको छ । यसलाई व्यवहारिक रुपमा लागु गर्न तपाईँहरु लाग्नुहोला,’ शाक्यले भन्नुभयो, ‘सामूदायिक विद्यालयका शिक्षकले निजी विद्यालयमा विद्यार्थीको चाप बढी भयो भनेर चिन्ता लिने होइन । गुणस्तरीय शिक्षाका लागि योगदान दिएर सामूदायिक विद्यालयप्रतिको आकर्षण बढाउनतर्फ केन्द्रित हुनुपर्छ ।’ 


पहिलो चरणको छनोटमा शिवपुरी माध्यामिक विद्याल, बाँसवासी माध्यामिक विद्यालय, धुम्रबराह माध्यामिक विद्यालय, टंगाल माध्यामिक विद्यालय, जनकल्याण माध्यामिक विद्यालय, मित्र आधारभूत विद्यालय, श्रम राष्ट्रिय माध्यामिक विद्यालय रहेका छन । 


त्यसैगरी गुह्येश्वरी माध्यामिक विद्यालय, रत्नराज्य माध्यामिक विद्यालय, विश्व निकेतन माध्यामिक विद्यालय, महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय, सरस्वती निकेतन माध्यामिक विद्यालय, जनप्रभावत माध्यामिक विद्यालय, नील बाराही माध्यामिक विद्यालय, जनपथ माध्यामिक विद्यालय छन । 


गितामाता माध्यामिक विद्यालय, सिद्धि गणेश माध्यामिक विद्यालय, शान्ति शिक्षा मन्दिर माध्यामिक विद्यालय, भक्त विद्याश्रम माध्यामिक विद्यालय, परोपकार आदर्श माध्यामिक विद्यालय, नवयुग माध्यामिक विद्यालय, प्रभाव माध्यामिक विद्यालय, पद्मकन्या विद्याश्रम माध्यामिक विद्यालय, भिमसेनगोला माध्यामिक विद्यालय, कोटेश्वर सरस्वती माध्यामिक विद्यालय रहेका छन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD