५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरले ल्यायो कर छुट सुविधा, के मा कति छुट ?


प्रकाशित: विहिवार, ११ साउन २०८०, १८ः५० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक बर्ष २०८०/०८१ को लागि कुर छुटको सुविधा ल्याएको छ । 


आर्थिक ऐन २०८० मा यस सम्बन्धी व्यवस्था गरिएकोले महानगरले सम्पत्ति कर, बहाल कर, व्यवसाय करमा अवधि तोकेर छुट सुविधा दिने भएको हो ।  


राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेलेका अनुसार सालबसाली नियमित कर दाखिला गर्ने सम्पत्ति कर र व्यवसाय बहाल कर दातालाई २०८० पुस मसान्तसम्म रकममा १० प्रतिशत छुट हुनेछ । 


महानगर क्षेत्रभित्र सञ्चालित होटल, रिसोर्ट वा चलचित्र घरको नाममा घरजग्गा भई वा लिजमा लिएर होटल, रिसोर्ट वा चलचित्र घर निर्माण गरी सञ्चालन गरेका कर दातालाई बक्यौता सहितको सम्पत्ति करमा ३० प्रतिशत छुट दिइएको छ । 


व्यावसायिक रूपमा सवारी साधन पार्किड प्रयोजनका लागि भवन निर्माण गर्ने कर दातालाई भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोजनका लागि प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति कर छुट हुनेछ ।

 
एक वडा एक नमूना उद्यम कार्यक्रम अन्तर्गत सञ्चालित उद्योग वा व्यवसायहरूको दर्ता भएको ३ वर्षसम्म निजले तिर्न बुझाउनु पर्ने व्यवसाय कर र शुल्कको १५ प्रतिशत छूटको व्यवस्था गरेको छ ।  


चालु आर्थिक वर्षसम्म करको दायरामा नआएका जुनसुकै उमेरका महिला, जनजाति, दलित, अपाङ्गता भएका र ३५ वर्षभन्दा कम उमेरका युवाका नाममा दर्ता भई सञ्चालनमा रहेका ५ लाखसम्म पुँजीगत लगानी भएका उद्योग व्यवसाय, कम्पनी, संस्थाले २०८० पौष मसान्तभित्र कर दाखिला गरेमा जम्मा कर रकमको ४० प्रतिशत र नियमित कर दाखिला गर्ने कर दाताका हकमा कर रकमको २५ प्रतिशत छुट हुनेछ । 


यो छुट काठमाडौं महानगरपालिकामा स्थायी बसोबास भएका व्यक्तिलाई नागरिकता, मतदाता परिचय पत्र वा बसाई सराइ प्रमाण पत्रका आधारमा दिइने विभागका प्रमुख काफ्ले बताए । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex