१५ बैशाख २०८१, शनिबार
Header

काठमाडौं महानगरले र्‍यापिड टेष्टलाई तिव्रता दिँदै


प्रकाशित: शुक्रवार, ५ बैशाख २०७७, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिको महानगरको ३२ वटै वडामा र्‍यापिड डाईगोनिष्टक टेस्ट (आरडीटी)लाई तिव्रता दिएको छ । 


महानगरले विदेशबाट फर्किएर महानगरमा बसोबास गर्दै आएका र उनीहरुको सम्पर्कमा रहेकाहरुलाई प्राथमिकताका साथ परिक्षण सुरु गरेको छ ।


महानगरपालिकाले बुधबार वडा नम्बर–५ का ३९ जनाको टेस्ट गराएको थियो। उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो । सनसिटी अपार्टमेन्टमा रहेका २ जनामा कोरोना पोटिजीभ भएपछि महानगरले परिक्षणमा तिव्रता दिएको हो । 


त्यसैगरी बिहीबार वडा नम्बर ४ का ५१ जनाको परीक्षण गराएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको वडाध्यक्ष मोहन विष्टले बताए । 


महानगरले फागुन १८ पछि विदेशबाट फर्केर महानगरपालिकाभित्र बसोबास गर्दै आएका १ सय ३६ जनाको विवरण संकलन गरिसकेको छ ।


बिदेशबाट आएका, उनीहरुको सम्पर्कमा रहेका र लक्षणको शंका लागेका व्यक्तिहरुलाई सम्वन्धित वडामा सम्पर्क गर्न महानगरले पटक –पटक आग्रह गरिरहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD