२२ बैशाख २०८१, शनिबार
Header

काठमाडौं महानगरले राजस्व संकलनका लागि मापदण्ड तर्जुमा गर्ने


प्रकाशित: मंगलवार, २२ फागुन २०८०, १०ः३० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राजस्व संकलनका लागि  मापदण्ड तर्जुमा गर्ने भएको छ ।


सो लागि सोमवार राजस्व समितिका संयोजक एंव वडा नं. ३२ का अध्यक्ष नवराज पराजुलीको संयोजकत्वमा समिति गठन गरेको हो । 


समितिको सदस्यहरुमा वडा नं. १४ का अध्यक्ष सुमन श्रेष्ठ, कार्यपालिका सदस्य मीना सिंह प्रजापती, उद्योग वाणिज्य महासंघका प्रतिनिधि कृष्णप्रसाद दुलाल, घरेलु तथा साना उद्योग महासंघका प्रतिनिधि सीता कार्की र सदस्य सचिवमा राजस्व विभागका प्रमुख ध्रुव काफ्ले छन ।

 
समितिलाई चैत मसान्तसम्मको अवधि दिइएको महानगरले जनाएको छ । समितिले उपत्यकाका, पालिकाहरुका बिचमा केही राजस्व शीर्षकहरुको दर समान बनाउने छ । 


यस्तै विषयगत तथा वस्तुगत व्यापार संघसँगको सहकार्यमा राजस्व संकलन गर्न सकिने लगायतका विषयहरुमा समितिले काम गर्ने छन । 


महानगरकी उपप्रमुख तथा राजस्व परामर्श समितिका संयोजक सुनिता डंगोलको अध्यक्षता बसेको बैठकले सो समिति गठन गरेको हो ।


उपप्रमुख डंगोलले कर प्रणालीलाई बैज्ञानिक बनाउन मापदण्ड बनाउन लागिएको बताईन । 


त्यसैगरी, बैठकले वडाहरुबाट उत्पादन तथा संकलन भएको सुख्खा फोहोरको न्युनतम ठेक्का अङ्क स्वीकृत गरेको छ । 


स्रोतमा र ट्रान्सफर स्टेशनमा वर्गीकरण भएको सुख्खा फोहोर विक्रीका लागि आय ठेक्का कार्यविधिबमोजिम न्यूनतम अङ्क तोकिएको हो । 


विक्री प्रक्रिया अगाडि बढाउन वातावरण व्यवस्थापन विभागमा पठाउने समितिले निर्णय गरेको हो । 


महानगरपालिकाको आर्थिक ऐनको दफा १८ बमोजिम २९ प्रकारका सुख्खा फोहोरको दर तोकिएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD