७ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौं महानगरले यी व्यक्तिहरुलाई राहत वितरण गर्ने


प्रकाशित: सोमबार, १७ चैत्र २०७६, २०ः३० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले ‘कोरोना भाइरस (कोभिड–१९) सम्वन्धि राहतवितरण मापदण्ड–२०७६’ स्वीकृत गरेको छ ।


सोमबार बसेको काठमाडौँ महानगरपालिकाले ४३ औं कार्यपालिका बैठकले सो मापदण्ड पारित गरे अनुसार राहात वितरण कार्यलाई अघि बढाउने जनाएको छ । 


महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले काठमाडौँ महानगरपालिकाभित्र वसोवास गर्दै आएका असहाय, अति विपन्न र दैनिक ज्यालादारी गर्ने व्यक्तिहरुको पहिचान गरी राहात वितरण गरिने बताए । 


बैठकले पारित गरेको मापदण्डअनुसार अभिभावक नभएका, आफ्नो आय श्रोत नभएका, अनाथ आश्रम, बृद्धाश्रम, संरक्षण गृह, मन्दिर गुम्बा, मस्जिद जस्ता आश्रम स्थलमा रहेका अरुको सहयोग एवं सहारामा बाँचेका व्यक्तिहरु असहाय भएकोले उनीहरु राहातको मापदण्डमा पर्नेछ ।


त्यसैगरी आम्दानीको कुनै स्थायी श्रोत नभएका, दैनिकी गुजारा गर्न धौधौ भएका र सम्वन्धित वडाले अति विपन्न भनी प्रमाणित गरेका व्यक्ति वा परिवारलाई अति बिपन्न परिवारमा राखिएको छ । 


त्यसैगरी, संगठित संस्थामा काम गर्नेबाहेक काठमाडौँ महानगरमा विगतदेखि दैनिक रुपमा ज्याला मजदुरी गर्दै आएका काठमाडौँमा घर–जग्गा नभएका भरियालगायतलाई दैनिक ज्यालादारीमा काम गर्ने व्यक्ति भनी मापदण्डले उल्लेख गरेको छ ।


बैठकले पशुपंक्षी, चराचुरुङ्गीलगायतको बाँच्न पाउने अधिकार सुनिश्चित गर्नका लागि वडामा पठाइएको रकमबाट खर्च गर्ने गरी उनीहरुलाई आहाराको व्यवस्था गर्ने निर्णय गरेको छ ।


बैठकले ५ सय जनासम्मलाई राख्न मिल्ने ‘क्वारेन्टाइन’को व्यवस्थापनका लागि ठाउँ खोजी गर्ने निर्णय गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD