१५ बैशाख २०८१, शनिबार
Header

काठमाडौं महानगरले मोवाइल भ्यानबाटै स्वाब संकलन गर्ने 


प्रकाशित: आईतवार, ७ मंसिर २०७७, १८ः२० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आईतवारबाट स्वाब संकलनका लागि मोवाइल भ्यान सञ्चालनमा ल्याएको छ । 


महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोभिड १९ महामारी रोकथाम, नियन्त्रण र उपचार कार्यलाई अझ बढी प्रभावकारी बनाउन महानगरपालिकाले मोवाइल भ्यानमार्फत स्वाब संकलन सुरु गरेको जानकारी दिए । 


विशेष गरी भ्यानमार्फत अशक्त, अपाङ्गता भएका, दीर्घ रोगी र जेष्ठ नागरिक जो विभिन्न कारणले चाहेर पनि घर बाहिर निस्केर हामीले स्वाब संकलन गरेको ठाउँसम्म आउन सक्दैनन । उनीहरुलाई लक्षित गरी यो कार्य अघि बढाएका प्रमुख शाक्यले बताए । 


शाक्यले लक्षित वर्गलाई उपचारबाट बञ्चित नगराउने अभियानलाई साथ दिएर सकेसम्म असहाय, विपन्न र जेष्ठ नागरिकलाई प्राथमिकता दिन र सक्नेले आफै परिक्षण गर्न पनि अनुरोध समेत गरेका छन । 


कन्ट्याक ट्रेसिङमा परेकालाई पनि निशुल्क उपचार गरिने तथा संक्रमण संख्या घटाउने गरी सबैलाई सकेसम्म स्वास्थ्यमापदण्डको पालना गर्न पनि आग्रह समेत गरे । 


नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठानले महानगरले उपलब्ध गराएको सवारी साधनमा पोजेटिभ एअर प्रेसर मेन्टेन्ड कक्ष जडान गरेर राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रममा प्रतिष्ठानका सचिव डा. महेशकुमार अधिकारीले महानगरका प्रमुख बिद्यासुन्दर शाक्यलाई भ्यान हस्तान्तरण गरेका थिए । 


सवारीमा जडान भएको कक्षमा बसेर १ पटकमा २ जनाको स्वाब लिन सकिनेछ । हरेकको स्बाव लिइसकेपछि कक्षमा भएको स्वीच थिचेपछि स्बाव लिइएको ठाउँ स्वचालित रुपमा निसंक्रमण हुनेछ ।


सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन बिभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार सोमवारबाट वडा स्तरीय सेवाका लागि भ्यान परिचालन हुनेछ ।


यो वुथ निर्माण गर्न ३ लाख २० हजार ६ सय रुपैयाँ उपलब्ध गराएको हो । यसको प्राबिधिक पक्षको विकास र जडान नास्टले गरेको हो । यस अघि संकट व्यवस्थापन केन्द्र, नेपाल प्रहरीलगायतका संघ संस्थाका लागि यस्तै प्रकारको प्रणाली नाष्टले उपलब्ध गराएको थियो ।


सो अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, नास्टका प्रबिधि संकाय प्रमुख डा. रविन्द्रप्रसाद ढकालसहित अधिकारीहरु सहभागी थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD