१५ बैशाख २०८१, शनिबार
Header

काठमाडौं महानगरले मानव बेचविखन रोक्न कार्यविधि बनाउने


प्रकाशित: विहिवार, १३ फागुन २०७७, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिको सहरी क्षेत्रबाट हुने मानव बेचविखन रोक्न कार्यविधि बनाउने भएको छ ।

 
गतिविधिमाथि निगरानी र नियन्त्रण गर्न महानगरले नगरस्तरीय कार्यविधि तयार गरिरहेको महानगर उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठले बताएकी छिन ।


सरकारले २०६४ सालमा मानव बेचविखन विरुद्धको ऐन र २०६५ सालमा नियमावली र ०७० सालमा कार्यविधि जारी गरिसकेको छ । यी दस्तावेजको व्यवस्थालाई स्थानीय तहबाट प्रभावकारी कार्यान्वयनका लागि महानगरले कार्यविधि बनाउन लागेको हो ।


प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले अहिले समाजिक सञ्जालको माध्यबाट महिला तथा युवतीहरुलाई विभिन्न प्रभोलन देखाई बेचविखनको सिकार बनाउने गरेकोले यसमा निगरानी आवश्यक रहेका बताए । 


नगर प्रमुखको नेतृत्वमा नगरमा समिति गठन हुने र यसमार्फत बेचविखन नियमन तथा नियन्त्रण गर्ने तयारी रहेको सामाजिक विकास विभागका प्रमुख दीपक अधिकारीले बताए । 


छलफलमा सहभागी शान्ति फाउन्डेसनकी जिल्ला परियोजना अधिकृत शान्ता ढकाले बेरोजगार युवायुवती सामाजिक सञ्जालमा भेटिने अपरिचित मान्छेले देखाएको लोभमा परेर बेचिने र श्रम शोषणमा पर्ने गरेको अध्ययनले देखाएको बताईन । 


मनोरञ्जन क्षेत्रमा प्रवेश गर्न सजिलो भएकोले धेरै युवाको आकर्षण यतातर्फ छ । प्रवेश गर्नु र आय हुनु फरक पाटो हो । प्रवेश गरेर जीवन धान्न अप्ठ््यारो हुन थालेपछि यौन व्यवसायमा पुग्ने र यसैबाट ओसारपसार हुने गरेको देखिन्छ ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD