१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरले माघबाट निःशुल्क मृगौला परीक्षण गर्दै


प्रकाशित: बुधवार, २२ पुष २०७७, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले माघको पहिलो हप्ताबाट निःशुल्क मृगौला परिक्षण गरिने भएको छ । 


महानगरको जनस्वास्थ्य विभागका प्रमुख हरि कुँवरले अन्तरिक गृहकार्य भईरहेकोले सम्भवतः माघको पहिलो साताबाट मृगौला परिक्षणको कार्यक्रम सुरु हुने जानकारी दिए ।


उनले भने,‘ अन्तरिक गृहकार्य पुरा भएपछि वडाहरुमा डाईरेक्ट परीक्षण हुन्छ  । ३२ वटै वडामा परिक्षण सुरु हुन्छ, जसको प्रारम्भिक रुपमा परीक्षणमा शंका लागेका विरामीलाई मृगौला बचाऊ अभियानका अध्यक्ष डा. ऋषी काफ्लेको सहकार्यका मृगौला उपचार केन्द्रमा परिक्षण गरिनेछ ।’


परीक्षण पछि मृगौला विरामी भए उपचारको लागि सरकारले दिने उपचार खर्च १ लाखले सरकारले तोकेको अस्पतालमा गएर उपचार गर्नुपर्ने तथा फरदर थप उपचारको लागि भने विरामी आफैले गर्नु पर्ने प्रमुख कुँवरले बताए । 


यस अघि गत मंसिर २९ गते महानगर दिवशको अवसरमा महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र मृगौला बचाउ अभियानका अध्यक्ष डा.ऋषी काफ्लेविच मृगौला परिक्षण कार्यक्रममा सम्झौता भएको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex