७ जेठ २०८१, सोमबार
Header

काठमाडौं महानगरले माग्यो ‘आईडिया बैंक’ को लागि प्रस्ताव


प्रकाशित:  मंगलवार, ९ जेठ २०८०, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरले सञ्चालन गर्न गईरहेको ‘आईडिया बैंक’को लागि प्रस्ताव माग गरेको छ । 


मंगलवार महानगरले एक सुचना जारी गरी चालु आ.व. २०७९/८० को स्वीकृत बजेट कार्यक्रम अन्तर्गतको यस कार्यक्रमको लागि प्रस्ताव आव्हान गरेको हो ।


‘आफ्नो आईडिया ३ बर्ष ननाघेको इच्छुक स्टार्ट अप कम्पनी, विद्यार्थी, उद्यमी, व्यवसायीहरु (एकल÷सामुहिक) ले २०८० जेठ १९ गतेभित्र महानगरको वेभसाईट मा पेश गर्न सुचना जारी गरिएको छ ।’


यस अघि महानगर प्रमुख बालेन्द्र साह (बालेन) ले पनि समाजिक सञ्जालमार्फत आईडिया बैंकको लागि प्रस्ताव माग गरेका थिए । 


उनले भने,‘ कार्यक्रमको प्रमुख उद्देश्य दक्ष÷अदक्ष जनशक्ति , विद्यार्थी, लगानीकर्ता तथा उद्यमशीलता विशेषज्ञहरूको ब्रिजको रूपमा महानगरबसी सोचलाई योजना र योजनालाई व्यवसाय बनाउने हो ।’


महानगरको समस्या समाधानका व्यवसाय मुखी आइडिया छन त्यसलाई व्यवसायमा परिणत गर्न सकिने उनले बताए ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD