२३ बैशाख २०८१, आइतबार
Header

काठमाडौं महानगरले माग्यो एकसय चालिस जना ‘सिटी भोलिन्टियर’


प्रकाशित: मंगलवार, १५ फागुन २०८०, १०ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौँ महानगरपालिकाले १४० जना महानगर स्वयमसेवक (सिटी भोलेन्टियर) का लागि माग आवेदन खुलाएको छ । 


महानगरले बालवालिका र वातारणका लागि १ सय जना स्वंयसेवक जसलाई छोटकरीमा ‘बाबा’ नाम दिएको छ । 


त्यसैगरी, ४० जना सम्पदामा युवा र बालवालिका क्षेत्रमा काम गर्न लागि माग गरेको यसलाई छोटरीमा ‘सम्युवा’ नाम दिएको छ । 


२४ हप्ता (६ महिनासम्म) का लागि सिटि भोलिन्टियर माग गरेको महानगरले जनाएको छ ।


यसमा छनौट भएका स्वयमसेवकले हप्तामा २ दिन समय दिनुपर्ने सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए ।


उनका अनुसार वहुपक्षीय साझेदारीमा काम गर्नका लागि यो महत्वपूर्ण प्लेटफर्म हो ।  


यसमा सहरी वातावरण, हरित र सुन्दर विद्यालय, सम्पदा र पर्यटनका क्षेत्रमा साझेदार र समुदायसँग मिलेर काम गर्नु पर्ने झाको भनाई छ ।


महानगरपालिकाको पर्यटन महाशाखा प्रमुख श्रृजु प्रधानका अनुसार कार्यक्रम विद्यालय र वातावरणसँग केन्द्रीत हुनेछ ।  


भोलिन्टियरमा सहभागी हुनको लागि गुगल डकुमेन्टमा लिङ्क उपलब्ध छ । लिंक लेखेकोमा क्लिक गरेर आफ्नो पूरा नाम थर, स्थायी अस्थायी ठेगाना, रुचि भर्नु पर्छ । 


यसमा आफू कुन विधामा इच्छुक हो, बाबा या सम्युवामध्ये एउटालाई छान्नुपर्छ । त्यो क्षेत्रमा किन स्वयमसेवक बन्न खोजेको हो, त्यसका बारेमा २ सय शव्द सम्ममा धारणा लेखेर पठाउनुपर्छ ।

 
यसैगरी वायो डाटा अपलोड गर्नुपर्छ । यो फाराम आउँदो आइतबार (फागुन २० गते) राती ११ बजेर ५९ मिनेटभित्र भर्न सकिनेछ ।


छनौटको आधार यसमा ६० प्रतिशत समय दिन सक्ने स्वयमसेवकलाई प्रमाण पत्र प्रदान गरनेछ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD