काठमाडौं । काठमाडौं महानगरपालिकाले विविध कार्यक्रमसाथ २८ औं महानगर दिवश मनाएको छ ।
सहरी विकास मन्त्री मेटमणि चौधरीको प्रमुख आतिथ्य, ललितपुरका मेयर चिरीबाबु महर्जनको विशेष उपस्थितीमा आयोजित महानगर दिवशमा महानगरले साताव्यापी गरेको विभिन्न सांस्कृतिक, समाजिक, सम्पदा यात्रा, दौडप्रतियोगिता, हाजिरी जवाफ लगायत प्रतियोगितामा सहभागीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।
सो अवसरमा महानगरले प्रकाशित गरेको महानगर बुलेटिन महानगर प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगोल, ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जन लगायतले लोकार्पण गरेका थिए ।

त्यसैगरी यो बर्ष ५ जनालाई महानगर सुशासन पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । पुरस्कृत हुनेहरुमा मेरो साप्ताहिक पत्रिकाका रत्नकाजी महर्जन, कान्तिपुर हटलाईनका श्रीजन झा, आर्थिक दैनिकका प्रल्हाद रिजाल, गोरखापत्र दैनिकका भउज प्रसाद यादव र ईकान्तिपुरका रीना मोक्तान छन ।

उनीहरुलाई काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले सम्मान गरेका थिए । उनीहरुलाई ५० हजार पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । यस महानगरले १० जना पत्रकारलाई सुशासन पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको थियो ।
यो बर्ष १० जना कर्मचारीलाई महानगर सेवा पुरस्कार प्रदान गरिएको छ । पुरस्कृत हुनेहरुमा सहायक निर्देशक सोम राना, सारदा देवी सोती, जनस्वास्थयतर्फबाट मन्जु श्रेष्ठ मास्के, उपा प्रजापति, अधिकृत छैठौ बिष्ण बहादुर पौडयाल, कारपेन्टर अधिकृत सरेन्द्र शाक्य, गोमादेवी बजगाई, नगर प्रहरी हवल्दार मन्जु केसी र हलुका सवारी चालक ७ वडा कार्यलयका फुर्वा शेर्पा छन ।
उनीहरुलाई रु २५ हजार नगद र प्रमाणपत्रसहित प्रमुख साहले सम्मान गरेका छन ।

त्यसैगरी, उत्कृष्ट महानगर सेवा पुरस्कारतर्फ १० जना सम्मानित भएका छन । सम्मानित हुनेरुमा निर्देशक देवेन्द्र प्रसाद पोखरेल, सहायक निर्देशक सन्तोष श्रेष्ठ, अधिकृत इन्द्र प्रसाद खनाल, नायब सुब्बा टंक बहादुर थापा, नगर प्रहरी हवल्दार प्रकाश प्रयास घिमिरे, मेकानिकलतर्फ १७ वडाबाट कुलबहाुर ढलान, कार्यलय सहयोगी १२ वडा वलराम उपाध्याय, कुचिवार बाबुचा पाँडे, कुचिकार ३० वडाबाट जमुना पोडेनी, हलुका सवारी जयकृष्ण सुवेदी छन ।
उनीहरुसबैलाई रु ५० हजार नगद र प्रमाणपत्रसहित सम्मान गरिएको हो ।
हाजिरी जवाफ प्रतियोगितमा प्रथम हुने मनोज गौतमको टोली, दोस्रो हिमाल आचार्य र तेस्रो नारायणसिंह भण्डाराीलाई क्रमशः ३०, २० र १० हजर नगद र प्रमाणपत्र सहित महनगर प्रमुख साहले सम्मान गरेका थिए । बसन्तपुर डबलीमा आयोजित दिवसको उपलक्ष्यमा नेपाल डान्स एकेडेमीले थारू, गुरूङ, नेवारी संस्कृति झल्किने नृत्य प्रस्तुत गरेका थिए ।
साधना प्रधान अग्रण्ी महिला सम्मानबाट ४ जना महिला जनप्रतिनिधि सम्मानित भएकी छिन । सम्मानित हुनेहरुमा १७ वडा महिला सदस्य कविता दास दर्नाल, १९ वडा महिला सदस्य रेणुकमल भारती शाही सम्माति भएकी छन ।
२०१० सालमा महिलाले मतदान अधिकार प्राप्त गरेपछि काठमाडौं वडा ८ बाट पहिलोपल्ट साधना प्रधान निर्वाचित भएपछि उनकै नामबाट यो पुरस्कार गठन गरिएको हो । त्यसैगरी, जनकमान श्रेष्ठ पुरस्कारबाट २ जना जनप्रतिनिधि र २ जना कर्मचारी सम्मानि भएका छन ।
सम्मानित हुनेहरुमा जनप्रतिनिधितर्फ २३ वडा अध्यक्ष मचाराजा महर्जन र ११ वडा सदस्य यसोमति परियार छन । त्यसैगरी कर्मचारीतर्फबाट उपनिर्देशक कुमारी राई र सहायक निर्देशक सुरेन्द्र प्रसाद दाहाल छन ।
उनीहरुलाई प्रमुख साहलले एक लाख नगद र प्रमाणपत्रसहित सम्मान गरे ।
महागनर गौरब पुरस्कारबाट ५ जना कर्मचारी र ७ जनप्रनिधिहरु सम्मानित भएका छन । कर्मचारीतर्फबाट निर्देशक बुद्धरत्न मानन्धर, नगर प्रहरी उपरिक्षक राजुनाथ पाण्डे, इन्द्रलाल रेग्मी, कार्यलय सहयोगी बागदरवार देवी नेपाली र हलुका सवारी चालक सुरेन्द्र पोडे छन ।
त्यसैगरी जनप्रनिधिहरुतर्फबाट १० वडा अध्यक्ष राम कुमार के.सी, १३ वडा अध्यक्ष ध्रुव नारायण मानन्धर, १६ वडा अध्यक्ष मुकुन्द रिजाल, १८ वडा अध्यक्ष न्हुछेकाजी महर्जन, २१ वडा अध्यक्ष चुडामणी बज्राचार्य, २० वडा अध्यक्ष राजेन्द्र मानन्धर र ६ वडा सदस्य नरेन्द्र थापा रहेका छन ।

त्यसैगरी संख्धर शाख्वा पुरस्कारबाट बर्ष गोपाल बैधलाई एक लाख नगद र सम्मानसहित प्रमुख साहले सम्मान गरेका थिए ।
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर







Categorized in स्थानिय