३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरले भूकम्प प्रभावित सुचिमा छुटेकाहरुको सुचिकरण गर्दै


प्रकाशित: विहिवार, ५ बैशाख २०७५, १३ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले विनाशकारी भूकम्प २०७२ मा प्रभावित भएकाहरुमध्ये छुटमा परेकाहरुको पहिचान र सुचिकरणलाई तिव्रता दिएको छ । 


महानगरले छुट तथा पुनः जाँच सर्वेक्षणका बिषयमा वडाध्यक्ष, वडा सचिव र सामाजिक परिचालककाबीच अभिमुखीकरण सम्पन्न ्गरेको छ ।  अभिमुखीकरणमा अंश हुँदा खण्ड—खण्डमा बाँडिएको एउटै घर, कोठा—कोठाको विभाजन, दुई वा दुईभन्दा बढी घर हुनेको अवस्था, सूचीमा नपरेका तर पुननिर्माण गरिसकेको लाभग्राहीको अवस्थाजस्ता बिषयमा वडाध्यक्षहरुको चासो थियो ।


इञ्जिनियर भाग्यश्री महर्जनका अनुसार काठमाडौं महानगरपालिका क्षेत्रभित्र सूचीकृत भएका ७,४९६ लाभग्राहीमध्ये ५,९७३ लाभग्राहीसँग अनुदान सम्झौता गरेको छ । 


महानगरभित्रका ५,९४४ लाभग्राहीलाई पहिलो किस्ताको अनुदान वितरण गरिएकोमा १,४७९ लाभग्राहीले निजी आवास निर्माण कार्य थालनी गरेका छन । 


त्सैगरी दोश्रो किस्ताको भुक्तानीका लागि निदेदन दिने लाभग्राहीको संख्या १,५०९ थियो । यीमध्ये १४२२ लाभग्राहीको निवेदनमात्र भुक्तानीका लािग प्रमाणिकरण भएका थिए । 


तेश्रो किस्ताको भुक्तानीका लागि निवेदन दिने १,१४४ लाभग्राहीमध्ये १,१३७ जनाको निवेदन प्रमाणिकरण भएका छन । 


भवन संहिताबमोजिम नभएकोले ११ लाभग्राहीको भुक्तानी प्रक्रिया रोकिएको छ । काठमाडौं महानगरमा अहिलेसम्म १,१३७ जना लाभग्राहीले निजी आवास निर्माण सम्पन्न गरिसकेका छन भने ९१ जना व्यक्ति आफैंले पुननिर्माण गराएका छन ।


राष्ट्रिय पुननिर्माण प्राधिकरणले गएको कार्तिक १९ गते कार्यकारी समितिबाट स्वीकृत गरेको ‘छुट तथा पुनःजाँच सर्वेक्षण कार्य सञ्चालन सम्बन्धी कार्यबिधि — २०७५’ बमोजिम छुटेका प्रभावितहरुको महानगरले खोजी सुरु गरेको हो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex