१६ चैत्र २०८०, शुक्रबार
Header

काठमाडौं महानगरले बजेटमा गरयो संसोधन, सम्पदामा घटायो, केमा बढायो ?


प्रकाशित: शुक्रवार, २९ पुस २०७९, १५ः०० बजे
- अजय खड्गी

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक बर्ष २०७९/०८० का लागि परित गरेको बजेटमा संसोधन गरेको छ । 


शुक्रवार १२ औं नगरसभामा महानगर उपप्रमुख सुनिता डंगोलले संसोधन बजेट पेश गरिन । 


आ.व. २०७९/८० मा सार्वजनिक क्षेत्रमा अन्तर्गतको कार्यक्रमा कुल ८ अर्ब ३१ लाख ३४ हजार रकम विनियोजन गरिएकोमा ९ करोड ४९ लाख ७० हजार न्यून गरी ७ अर्ब ९० करोड ८१  लाख ६४ हजार पुराएको छ ।  


समाजिक विकास क्षेत्रमा बिनियोजित रकम ४४ करोड १२ लाख बजेटमा २० करोड थप गरी ६४ करोड १२ लाख पुराएको छ  ।


त्यसैगरी, स्वास्थ्य तथा पशुसेवा कार्यक्रम अन्तर्गत विनियोजित ५७ करोड ३ लाखमा १७ करोड ६८ लाख थप गरी ७४ करोड ७१ लाख ४४ हजार प्रस्ताव गरेको छ ।  


समाजिक विकास क्षेत्रमा ४४ करोड १२ लाखको बजेटमा २० करोड थप गरी ६४ करोगड १२ लाख पराएको छ । 


स्वास्थ्य तथा पशुसेवा कायृक्रममा बिनियोजित गरिएको ५७ करोड ३ लाखमा  १७ करोड ६८ लाख थप गरी ७४ करोड ७१ लाख ४४ हजार रुपियाँको संसोधन प्रस्ताव सभामा पेश गरिएको छ । 


वातावरण तथा कृषसेवा कार्यक्रम ५६ करोड १५ लाखमा १ करोड ५ लाख न्यून गरी ५५ करोड १० लाख ६२ हजार हुने जनाएको छ । 


सम्पदा तथ पर्यटन विकास तर्फ २ अर्ब ५३ करोड १८ लाख ६२ हजारमा  रु ६४ करोड ६२ लाख ३८ हजार न्यून गरी २ अर्ब १८ करोढ ५६ लाख २४ हजार कायम गरिएको छ । 


शिक्षामा ४६ करोड ५८ लाख ७८ हजारमा ७ करोड ५ लाख थप गरी ५३ करोड ६३ लाख ७८ हजार पुराएको छ । 


कानुन तथा मानव अधिकार ४ करोड २७ लाखमा ६० लाख थप गरीइ ४ करोड ८७ लाखको प्रस्ताव गरिएको छ । 


सहरी योजना आयोग अन्तर्गत हुनमानढोका दरवार संरक्षण कार्यक्रम र सुचना प्रििवधमा तर्फमा विनियोजित रकममा फरक नपर्ने गरी कार्यक्रमहरु सामन्य हेरफेर गर्न सकिने प्रस्ताव पनि उपप्रमुख डंगोलले सभामा प्रस्ततु गरिन ।
उनले यस संसोधन प्रस्तावले आगामी दिनमा महानगरको कार्यक्रममा सहजता पैदा गर्ने उल्लेख गरिन ।     


११ औ नगरसभामा पारित २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट नगरसभाबाट स्वीकृत रकममा संसोधन गरिएको हो ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD