काठमाडौं । शुक्रबार तीनकुने क्षेत्रको प्रदर्शनमा भएको तोडफोड र फोहोर गरेकोलगायत विभिन्न शीर्षकमा काठमाडौं महानगरपालिको पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकेको छ ।
महानगरले ज्ञानेन्द्र शाह, निर्मल निवास काठमाडौंका नाममा महानगरका ८ जना नगर प्रहरीले ८ वटा बेग्लाबेल्लै पत्र काटेर कुल ७ लाख ९३ हजार जरिवाना तोकेका हुन ।
दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शन हिंसात्मक भएको थियो ।
शनिबार महानगरको टोलीले तीनकुने–कोटेश्वर–जडिबुटी क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरेपछि खर्च र सरसफाइको शुल्क पनि पूर्वराजा शाहबाटै असुल गराउने निर्णय भएको हो ।
प्रदर्शनकारीहरूले महानगरका विभिन्न संरचना, दमकल, अग्नि नियन्त्रकहरूमाथि प्रहार गरेकोमा महानगरले पूर्वराजा शाहलाई जरिवाना लगाउने निर्णय गरेको हो ।
प्रसाईंसँगै प्रदर्शनकारीहरूले पनि प्रहरी घेरा तोडेपछि तितरबितर बनाउन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि प्रदर्शनकारीहरूले निजी घरमा तोडफोड र आगजनी गरेका थिए ।
तीनकुने क्षेत्रमा शुक्रबार भएको प्रदर्शनमा पत्रकार सुरेश रजक र प्रदर्शनकारी कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो ।
प्रदर्शनकारीहरूले पार्टी कार्यालय, निजी घर, सुपरमार्केट, सञ्चार गृह, जडिबटी प्रशोधन केन्द्र र सरकारी गाडीमा आगजनी गरेका थिए ।
प्रहरी यतिखेर दुर्गा प्रसाईको खोजीमा लागेको छ । शुक्रबारको घटनापछि प्रसाईं फरार छन ्।
प्रहरीले प्रदर्शनमा पुगेका ’राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति’ का सदस्य सचिव राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले अहिले सम्म १०६ जनालई नियन्त्रणमा लिएर घट्नाबारे छानविन अघि बढाएको छ ।
जरिवानको सुचि हेर्न यहाँ क्लिक गरौं
29 March 2025, Saturday
Categorized in पालिका