१४ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौं महानगरले न्हूखामा पार्क बनाउने


प्रकाशित: शुक्रवार, २४ पुष २०७७, १९ः५० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा २५ न्हूखास्थित गुठी संस्थानको जग्गा लिजमा लिएर पार्क बनाउने भएको छ । 


महानगरको शुक्रवार सम्पन्न ५५ औं कार्यपालिका बैठक सो निर्णय गरेको हो । त्यसैगरी वडा १७ इन्द्रायणी मन्दिर परिसरमा निर्माणाधीन सत्तलको म्याद थप गर्ने, वडा १५ भगवान पाउस्थित पुलेस्वाँ पुखु जीर्णोद्धार गर्ने, वडा ४ को भवन निर्माणको भेरिएसन स्वीकृत गर्ने, वडा १० को भवन निर्माणको भुक्तानी दिनेलगायत निर्णय गरेको छ ।


महानगर प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले ८ औं नगरसभामा प्रस्ताव हुने प्रस्ताव स्वीकृत गरेको छ । जसअनुसार पुष २७ गतेको सभामा चालु आर्थिक बर्षको संशोधन बजेट तथा कार्यक्रम स्वीकृतिका लागि पेश हुनेछ । 


बैठकले ‘काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्ने सम्बन्धमा बनेको विधेयक — २०७७’, ‘काठमाडौं महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन विधेयक — २०७७’  र  ‘काठमाडौं महानगरपालिका संस्था दर्ता तथा नियमन विधेयक — २०७७’ पेश गर्ने भएका छन । 


‘सहकारी सम्बन्धि नियमावली’ र ‘पूर्व प्राथमिक विद्यालय व्यवस्थापन कार्यविधि — २०७७’ लाई बैठकले कानुन तर्जुमा गर्न शैद्धान्तिक सहमति दिएको छ । 


सहरी योजना आयोगका नवनियुक्त सदस्य राजनराज जोशीको नियुक्ति अनुमोदन गरेको छ भने धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्न आएको प्रस्ताव स्वीकृत गरेको छ ।


बैठकले करार सेवामा रहेका कर्मचारी, सामाजिक परिचालक र सिसडोल ल्याण्डफिल साइटमा दैनिक ज्यालादारीमा काम गर्ने कर्मचारीको असार मसान्तसम्म म्याद थप गर्ने निर्णय गरेको छ ।


बैठकपछि प्रमुख शाक्यले टेकुमा पार्किङ् भवन निर्माण, टेकुमै महानगरको भवन निर्माणको योजना अन्तिम चरणमा पुगेको बताएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD