१४ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौं महानगरले नसर्ने रोगको न्यूनिकरणमा सहयोग गर्ने


प्रकाशित: विहिवार, २८ कातिक २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले नसर्ने रोगको न्यूनिकरणमा सहयोग गर्ने भएको छ । 


विहिवार नेपाल मधुमेही समाजले आयोजना गरेको कार्यशालामा महानगर प्रमुख विद्यासुन्दुर शाक्यले सहरमा नसर्ने रोगको जोखिम बढ्दै गएकोले यसको नियन्त्रण र रोकथामका लागि आर्थिक सहयोग गर्ने बताए । 


नसर्ने खालका रोगबाट हुने गरेको मानवीय मृत्युदर घटाउन महानगरले लगानी बढाउने भएको प्रमुख शाक्यले कार्यशालामा बताउँदै निष्क्रिय र बिलासी सहरी जीवनशैलीले मधुमेहका बिरामीको संख्या बढेको बताएका थिए । 


प्रमुख शाक्यले बिरामी पत्ता लगाउन महानगरले समाजसँगको सहकार्यका लागि २० लाख रुपैयाँ खर्च गर्ने जानकारी दिए  । समाजले भवन निर्माणको लागि जग्गाको व्यवस्था गरे भवन पनि बनाईदिने प्रमुख शाक्यले प्रतिवद्धता व्यक्त गरे । 
मधुमेहको समस्याले आँखा, कलेजो, मुटु, नशा सम्बन्धी थप समस्या सृजना हुन्छ । 


सो कार्यशालामा मृगेन्द्र सम्झना चिकित्सा गुठीले समाजको बिकासका लागि १ करोड रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा गरेका छन । गुठीका संस्थापक प्रा. डा. मृगेन्द्रराज पाण्डेले उक्त रकम उपलब्ध गराउने घोषणा गरेका थिए भने रमा सुन्दरी श्रेष्ठ कोषमा सुन्करराज श्रेष्ठले ७५ हजार रुपैयाँ थप गरे ।  


समाजले व्यवस्थापन गर्ने गरी जोकोही पनि आमाबुबाले स्मृतिमा ५ लाख रुपैयाँको कोष स्थापना गर्न सक्ने व्यवस्था छ । यो कोष समाजका अध्यक्ष शिव श्रेष्ठकी श्रीमतिका नाममा स्थापना गरिएको कोष हो ।


कार्यक्रममा बरिष्ट मुटुरोग बिशेषज्ञ डा. प्रकाशराज रेग्मीले मधुमेहले मुटुमा ल्याउने जटिलता, उच्च रक्तचाप, सावधानी र उपचारका बारेमा प्रस्तुतीकरण गरेका थिए । 


त्यस्तै ग्रन्थी रोग बिशेषज्ञ (इन्डोक्राइनोलोजिस्ट तथा ग्यास्टोलोजिस्ट) प्रा. डा. प्रदीप श्रेष्ठले मधुमेहका जटिलताका बारेमा, अर्थोपेडिक सर्जन डा. शैलज रञ्जितकारले मधुमेहले स्नायु र हड्डीमा पार्ने प्रभाव तथा ग्याङरिङ भएर खुट्टा काट्नु पर्ने अवस्था कसरी आउँछ ? यो अवस्था आउन नदिन के गर्ने ? भन्ने बिषयमा र बरिष्ट रेटिना बिशेषज्ञ डा. इली प्रधानले, मधुमेहले आँखामा पार्ने प्रभाव र जटिलतासँगै उपचारात्मक पक्ष, सहप्राध्यापक एवं खाद्यबिज्ञ आलोक श्रेष्ठले, मधुमेहका बिरामीले खानामा पु¥याउनु पर्ने सावधानीका बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तोहरुको एउटै निष्कर्ष थियो । मधुमेहका बिरामीले जीवनशैलीमा परिवर्तन गरेर रोगबाट हुने क्षति कम गराउन सक्छन ।


समाजका अध्यक्ष शिव श्रेष्ठले महानगरको सहयोगबाट समाजले आफ्नै भवन पाउने र मधुमेह सम्बन्धी बिभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन गर्न पाउने आशा व्यक्त गरे ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD