काठमाडौं । काठमाडौं महानगरपालिकाले १६२ नगर प्रहरी थप गरेको छ ।
महानगरले युनिक सेक्युरिटी कम्पनीबाट सो संख्यामा प्रहरीले लिन गरी सम्झौता गरेको महानगरका सहायक प्रवक्ता महेश काफ्लेले बताएका छन ।
काफ्लेका अनुसार वार्षिक १३ महिनाको तलब कम्पनीले दिने सम्झौता भएको छ भने नगर प्रहरीलाई आवश्यक पर्ने पोशाक, चुस्ता, सिटी कड, रेनकोट, गमबुट, टर्च लाइट, ज्याकेट सबै महानगरले उपलब्ध गराउनेछ ।
महानगरपालिकाले ८ भदौमा टेन्डर आह्वान गरेर युनिक सेक्युरिटी मार्फत करारमा एक वर्षका लागि नगर प्रहरी थपेको हो ।
महानगरले थपिएको नगर प्रहरीलाई मासिक २० हजार ५ सय ३२ दिनेगरी युनिक सेक्युरिटी कम्पनीसँग ४ करोड ३२ लाख ४० हजारमा सम्झौता गरेको छ ।
Categorized in स्थानिय