२५ माघ २०८१, शुक्रबार
Nepal Bank AD

काठमाडौं महानगरले दमकल छिर्न नसक्ने गल्लीमा ड्राइराइजर जडान गर्दै


प्रकाशित: बुधवार, २ माघ २०८१, १०ः१० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौँ महानगरपालिकाले दमकल छिर्न नसक्ने गल्लीहरुमा ड्राइराइजर जडान कार्य सुरु गरेको छ ।

 
महानगरको विपद व्यवस्थापन विभागले आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा ड्राइराइजर जडान गरेका हुन । 


केन्द्रबाट कार्यान्वयनमा आएका योजनामा वडा ३ को सुरुङ् गल्लीमा ८२ मिटर, वडा नं. ७ को कुटी गल्लीमा २०७ मिटर, वडा नं. ६ को संगम टोलमा २२८.२० मिटर पाइप जडान भएको छ । 


त्यसैगरी, वडा नं. १० का ५ वटा गल्लीमा प्रणाली जडान भएको छ । मंगल गल्लीमा २२५ मिटर, मुल्मी गल्लीमा १२० मिटर, घण्टी गल्लीमा २०० मिटर, तीनधारा गल्लीमा २५ मिटर र कलाकार गल्लीमा १७२ मिटरको पाइप जडान भएको हो ।


वडा नं. १५ को जगडोल टोल अन्नपूर्ण चोकमा ३७३ मिटर, वडा नं. १६ को फुलबारी गल्लीमा १६७.८० मिटर र बगैँचा गल्लीमा २५२.५५ मिटर, वडा नं. १७ को कालधारा गल्लीमा २५३.२० मिटर, जोगीपाखा मार्गमा ४९.८० मिटर र ज्यापू मार्गमा १७४.२० मिटर पाइप जडान भएको विपद व्यवस्थापन विभागले जनाएको छ । 


पाइप जडान भएका स्थानमा जुद्ध बारुण यन्त्र कार्यालयका अग्नि नियन्त्रकहरुले परीक्षण गरिरहेका छन् । 


यस अघि वडा नं. २१ को ह्युमत करुणामय मार्गदेखि दलाछी गणेश स्थानसम्मको गल्लीमा १३० मिटर पाइप जडान गरेर गएको वर्ष नै परीक्षण गरिसकिएको छ । 


वडा नं. २९ को कालिञ्चोक मार्गमा, वडा नं. २५ को मांस गल्लीहुँदै महावौद्धतर्फको गल्लीमा पनि प्रणाली जडान भइसकेको छ । 


दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा हुने आगलागीका समयमा आगो निभाउन प्रयोग गर्न सकिने गरी राखिएको सुख्खा पाइप नै लाइन ड्राइराइजर हो । यदि पाइपमा नियमित पानी बगिरहन्छ भने यसलाई वेटराइजर भनिन्छ । 


ड्राइराइजरको दुवैतर्फ दमकल पुग्ने ठाउँमा इनलेट भल्व राखिएको हुन्छ । यसपछिका ४५ मिटरदेखि ७५ मिटरसम्मको दुरीमा आउटलेट राखिएको हुन्छ । 


दमकलको पानी इनलेटमा राखेपछि आवश्यकताका आधारमा पाइपलाइनका बिचमा जुनसुकै आउटलेट खोले पनि पानी प्राप्त हुन्छ । यसमा डेलिभरी होर्ज जोडेर आगो नियन्त्रण गरिन्छ । 


दमकलबाट ८ बारको प्रेसरमा पानी पठाउँदा ७ तले अग्लो भवनमा आगो निभाउन सकिने प्रेसरमा पानी पुग्न सक्छ ।

 

15 January 2025, Wednesday

asteriskhubs
Home Page Bottom Second


Nepal Bank AD
maharjan complex