काठमाडौं । काठमाडौं महानगरपालिकाले बागमति किनारामा बसेको थापाथलको सुकुम्बासी हटाउन सहयोग गर्न पत्रचार गरेको छ ।
बुधवार महानगरले गृहमन्त्रालयको नाममा सो पत्र लेखि सुकुम्बासी हटाउन महानगरको प्रयास असफल भएकोले सो संरचना हटाई सहयोग गरिदिन हुन भनी आग्रह गरेको छ ।
पत्रमा भनिएको छ,‘ थापाथलिस्थित बागमति नदि किनारमा अव्यवस्थित÷अनाधिकृत रुपमा रहेको संरचना हटाई सो क्षेत्रको संरक्षण एंव सौन्दर्यकरण गर्ने कार्य तत्काल अगाडी बढाउन बागमति सभ्यता एकिकृत विकास परियोजना समेतबाट अनुरोध भै आएको र सो क्षेत्र खाली गराउन महानगरबाट आवश्यक सबै समन्वय र प्रयास अगाडी बढाएको भएतपनि सो सफल हुन सकेको अवस्था छैन ।’
महानगरले त्यहाँको सुकुम्बासी बस्तीलाई हटाउन अभियानको रूपमा अगाडि बढाउनुपर्ने देखिएको भन्दै सहयोग मागेको हो ।
अतिक्रमण गरी निर्माण भएका अनधिकृत संरचनाहरू हटाउने कार्य अभियानकै रूपमा अगाडि बढाउनु पर्ने देखिएकोले जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एवं समन्वय गरिदिन हुन अनुरोध गरेको महानगर प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले बताए ।

Categorized in स्थानिय