३० बैशाख २०८१, आइतबार
Header

काठमाडौं महानगरले तोक्यो पार्किङ शुल्क


प्रकाशित: सोमवार, १ साउन २०८०, १८ः४० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र सावरी सधानको पार्किङ शुल्क तोकेको छ । 


महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पार्किङ शुल्कबारे जानकारी दिएकी छिन । 


उनका अनुसार दुुई पांग्रे सवारी साधनको प्रतिघण्टा र २५ र चार पांग्रेको ७५ रुपियाँ निर्धारण गरिएको छ । 


दुई पाङग्रे सवारी साधनले आधा घण्टा पार्किङ गरे १५ रुपैयाँ मात्रै तिर्नुपर्ने, एक घण्टाको रु २५ र एक घण्टा भए हरेक १५ मिनेटमा रु ५/५ थप हुने उपप्रमुख डंगोलले बताईन । 


त्यसैगरी, चार पांग्रे सवारी आधा घण्टामात्र पार्किङ गरे रु ४० मात्र, एक घण्टा रु ७५ र एक घण्टा बढि भए हरेक १५ मिनेटमा रु १५ रुपियाँ अतिरिक्त शुल्क लाग्ने छ । 


उपप्रमुख डंगोलले आम सेवाग्राहीको गुनासो सुनुवाइ गर्न र सवारी साधनको पार्किङ शुल्कमा एकरुपता ल्याउन सो शुल्क निर्धारण गरेको बताईन । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD