६ जेठ २०८१, आइतबार
Header

काठमाडौं महानगरले तिहार र छठ लक्षित बजार अनुगमनको तयारी थाल्यो


प्रकाशित: शनिवार, ६ कातिक २०७८, १८ः०० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले तिहार र छठ लक्षित बजार अनुगमनको लागी तयारी सुरु गरेको छ । 


महानगर क्षेत्रभित्रका बजारहरु अनुगमनको लागि शुक्रवार महानगरकी उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक हरिप्रभा खड्गी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले सो तयारी गरेको हो । 


अनुगमनका क्रममा खाद्यान्न, तरकारी, मरमसला तथा भाइ मसलाका सामान र फलफुल, फूल र मालासहित कृषिजन्य सामाग्री, माछा, मासु, दूध तथा दूग्धजन्य खाद्यबस्तुको मूल्य र गुणस्तर हेरिने उपप्रमुख खड्गीले बताईएकी छिन । 


बैठकका अध्यक्ष उपप्रमुख खड्गी श्रेष्ठले भन्नुभयो, ‘सेवा र बस्तुको गुणस्तर तथा मूल्यलाई व्यवस्थित गर्ने हाम्रो लक्ष्य हो । स्वच्छ बजार व्यवस्थापनका लागि गरिने अनुगमनले उचित व्यापारिक क्रियाकलाप गर्नेलाई समस्या नपरोस । अनुचित क्रियाकलाप गर्नेले उन्मुक्ति नपाओस् । तिहार र छठ पर्व लक्षित काठमाडौँ महानगर क्षेत्रको अनुगमनमा महानगरपालिकाले नेतृत्व गर्छ । वाणिज्य विभाग, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभागका प्रतिनिधि र उपभोक्ता अधिकारकर्मीसहितको संयुक्त टोली बनाएर अनुगमनमा निस्कौँ ।’


कृषि विभागका प्रमुख एवं निरीक्षण अधिकृत हरिबहादुर भण्डारीले खाद्यान्न, तरकारी, फलफुललगायत खाद्यबस्तु र पशु सेवा महाशाखाका प्रमुख एवं निरीक्षण अधिकृत वरिष्ठ पशु चिकित्सक डा. अवधेश झाले चौपाया बजार र पशुजन्य खाद्यबस्तु सम्बन्धी कामको विवरण प्रस्तुत गरेका थिए । 


भण्डारीकाअनुसार १४ दिनमा ३० वटा व्यापारिक फर्म तथा प्रतिष्ठानमा अनुगमन गरिएको थियो । जसमध्ये एक तरकारी व्यापारीलाई २० हजार रुपैयाँ र एक किरानासहित दूग्ध तथा अन्य खाद्य बस्तुको व्यापार गर्नेलाई ५० हजार रुपैयाँ जरिवाना गराइएको थियो ।


डा झाकाअनुसार यस बर्ष दशैका लागि काठमाडौँ उपत्यकामा ९ सय ६२ वटा कुखुरा, १ हजार ४ सय २२ हाँससहित ५५ हजार २ सय ९३ वटा पशुपंक्षीको स्वास्थ्य परीक्षण गरिएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD