१४ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौं महानगरले ठुला करदाताबाट उठायो ६ करोड


प्रकाशित: विहिवार, १४ असोज २०७८, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरले ठुला करदाताबाट बक्यौता रहेको रकममध्ये ६ करोड रुपिया असुल गरेको छ । 


कामपा राजस्व महाशखा प्रमुख डा शिवराज अधिकारीका अनुसार हिलेससम्ममा छ करोड रुपैयाँ असुल भएको छ, तत्काल ३० करोड उठ्ने तयारीमा छ । 


महानगरले घरजगगा र सम्पत्ति कर नतिर्ने ठूला करदाताहरुलाई गरेको लामो ताकेता पछि उक्त रकम उठको र उठ्ने क्रम जारी रहेको अधिकारीको भनाई छ । 


यसअघि कमपाले गत असार १६ गते र साउनको अन्तिम साता गरी कर नतिर्ने ७२ ठूला करदाताको नाम सार्वजनिक गरी ३० दिनभित्र सम्पर्क गर्न आग्रह गरेको थियो ।


नेपाल विद्युत प्राधिकरण, सिद्धार्थ वनस्थली स्कुल र मनमोहन अस्पतालले केही दिनभित्रै बक्यौता रकम लिएर आउने पनि कामपाले जानकारी लामो समयसम्म कर नतिर्नेमा नेपाल स्काउट, राष्ट्रिय नाचघर, चेम्बर भवन, कर्मचारी सञ्चयकोष भवन, नेपाल रेडक्रस सोसाइटी, नेशनल ट्रेडिङ लिमिटेड, जय नेपाल हल, इम्पेरियल अपार्टमेन्ट, कान्तिपुर होटल, शिशु अर्याल, होटल ग्याङ्जोङ (हाल ले हिमालय), सिटी होटल्स, शुभकामना हाउजिङ डेभलर्पस प्रालि छन ।


यसैगरी ओम सान इन्टरनेशनल कलेज (हेल्पिङ ह्यान्ड्स), गोपीकृष्ण मुभिज प्रालि, झिग्मी सिग्मी पर्वल विष्ट, काठमाडौँ जेसिस, सिग्नेचर अपार्टमेन्ट, अम्बे कम्प्लेक्स, टाउन डेभलपर्स प्रालि, राजेन्द्रकुमार काँवरा, ब्लुबर्ड इन्भेष्टमेन्ट, होटल प्लाटिनियम, बुद्ध महल, सिटी सेन्टर, ह्वाइट फिल स्कुल र केएल टावरलगायतले लामो समयदेखिको कर तिर्न बाँकी छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD