२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरले ठमेल क्षेत्रका ४५ डान्सबार, दोहरी क्लवलाई कर तिर्न गरे पत्रचार


प्रकाशित: शुक्रवार, १९ माघ २०८०, १६ः०७ बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले ठमेल क्षेत्रका ४५ वटा डान्सबार, दोहोरी, क्लब तथा बारहरुलाई मनोरञ्जन कर तिर्न पत्राचार गरेको छ ।

 
महानगरको राजस्व विभागले ठमेल क्षेत्रमा मनोरञ्जन व्यवसाय गर्नेलाई कर तिर्न पत्र पठाइएको हो ।


प्रदेश सरकारको आर्थिक ऐनले दोहोरी साँझ, डान्स बार, नाइट क्लबलाई मनोरञ्जन कर लगाउने व्यवस्था गरे अनुसार राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेले पत्रचार गरेको बताए । 
‘हामीले १५ दिनको समय दिएर पत्र पठाएका छौं । यस अवधिमा कर तिर्नुभएन भने काठमाडौं महानगरपालिका आर्थिक ऐनको दफा २१ बमोजिम कारवाही हुनेछ,’ काफ्लेले भने, ‘यसमा आपतकालीन बाहेकका सेवा सुविधा बन्द गर्ने, व्यवसाय बन्द गर्ने र सरकारी बाँकीसरह असुल गर्नेसम्मका व्यवस्था छन ।’


जेपी रोडको रिफ्रेस डान्स बार, क्षेत्रपाटीको नटराज डान्स बार, पकनाजोलको आरके डान्स बार, फायर चोकको कारटार क्लब, ड्रिडक होस्टन डान्स बार, होनी वी डान्स बार, नरसिंह चोकको स्कुटी क्लबलाई पत्रचार गरेको छ । 


त्यसैगरी, ओलो क्लब, डेला सोलबार, नमस्ते पप बार, द क्लब हाउस, घामछाया रोधी क्लब, बेबो डान्स बार, टकिला डान्स बार, क्विनमहल डान्स बार, बज्र डान्स बार, सञ्चयकोष चोकको ओमनिया क्लब, भीआइपी क्लब, नसा डान्स बार, मिडनाइट डान्स बार, ज्याठाको चाहना डान्स बार र अमृत मार्गको ड्रागन डान्स बारलाई कर तिर्न पत्राचार गरेको हो ।


यस्तै ठमेल क्षेत्रका एलओडी क्लब, क्लाइमेट क्लब, पोताला क्लब, टेनएक्स क्लब, फुलमुन क्लब, सफर क्लब, काराओके, टप राजधानी दोहोरी, मुजुरा डान्स बार, ठमेल डान्स बार, डान्सिङ याक बार, बियर बार डान्स बार, भगवती मार्गको रोज डान्स बार, स्काई डान्स बार, चाक्सीबारी मार्गको अमिर डान्स बारलाई पनि पत्राचार गरिएको महानगरले जनाएको छ ।


गल्कोपाखाका गुन्यु चोली दोहोरी, अल्फाबिटा बारलाई पत्र पठाइएको छ । ठमेल क्षेत्र लक्ष्यित मनोरञ्जनात्मक व्यवसाय गर्ने साम्स बार, दुनियाँ बार, टिफिने बार र एच ट्वान्टी बार क्लब छन ।
यी मनोरञ्जन स्थलमा प्रवेश गर्न प्रतिटिकट ५ प्रतिशत मनोरञ्जन कर लाग्छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex