२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरले टुकुचा सुरूङमा डोजर चलाउन नपाउने


प्रकाशित: आईतवार, ६ कातिक २०७९, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरले टुकुचा सरुङमा डोजर चलाउन नपाउने भएको छ । 


डोजर लगाउँदै आएको टुकुचा सुरूङ उत्खनन् गर्न नपाउने पुरातत्व विभागले जनाएको छ । 


पुरातत्वविद् भाष्कर ज्ञवालीको संयोजकत्वमा गठित विज्ञ समितिको अध्ययनपछि टुकुचा सुरूङ उत्खनन् गर्न नमिल्ने ठहर भएको हो । 


समितिले बुझाएको प्रतिवेदनमा महानगरले टुकुचा सुरूङ उत्खनन् गर्न नपाउने र त्यसलाई संरक्षण गर्नुपर्ने उल्लेख गरिएको छ । टुकुचा सुरूङ राणाकालीन समयमा बनेको संरचना भएकोले संरचना संरक्षण गर्नुपर्ने र  अझ यसको थप विस्तृत अध्ययन गर्नु पर्नेछ ।


काठमाडौं महानगरपालिकाले सय वर्षभन्दा पुरानो पुरातात्विक सम्पदा कसैले पनि भत्काउन÷बिगार्न नपाइने कानुनविपरीत जथाभावी डोजर चलाउन थालेपछि पुरातत्व विभागले विज्ञ समिति गठन गरेर अध्ययन गरेको थियो । 


यस अघि महानगरले जय नेपाल हलको आगनमा टुकुचा खोलाको उत्खनन गरेको थियो । टुकुचा खोलाको अस्तित्व कायम गराउन महानगरले साउन १२ गते सार्वजनिक सूचनामार्फत अतिक्रमण हटाउन सरोकारवालाका नाममा सूचना जारी गरेको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex