८ बैशाख २०८१, शनिबार
Header

काठमाडौं महानगरले ज्यालादारीमा स्वास्थ्यकर्मी लिने


प्रकाशित: बुधवार, १ बैशाख २०७८, २०ः१५ बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले कोरोना जोखिम न्यूनिकरण गर्न ज्यालादारीमा स्वास्थ्यकर्मी लिने निर्णय गरेको छ । 


कारोना रोकथाम तथा नियन्त्रणको लािग महानगरका वडाले २ जनासम्म स्वास्थ्यकर्मी दैनिक ज्यालादारीमा लिन सक्ने महानगर प्रमुख विद्यासुन्दर शाक्यले बताएका छन । 


महानगरको सभा कक्षमा प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ५९ औँ कार्यपालिका बैठकले सो निर्णय गरेको हो । यस महामारी नियन्त्रणका लागि यस अघि काममा लगाइएका जनशक्तिको म्याद थप गरेर कामलाई नियमित गर्न सकिने बैठकले निर्णय गरेको हो । 


त्यसैग बैठकले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनका लागि चैत २० गते नुवाकोट र धादिङ्का स्थानीयसँग भएको सहमतिका बारेमा जानकारी गराएका थिए ।  


बैठकमा धनकुटा जिल्लाको पाख्रीबास नगरसँग भगिनी सम्बन्ध स्थापना, महानगरको राजस्व प्रशासन, कोविडकाकारण गरिएको बन्दाबन्दीका समयमा काम गर्ने जनप्रतिनिधि र कर्मचारीको प्रोत्साहन विधिलगायत विषयमा पनि छलफल गरिएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD