८ बैशाख २०८१, शनिबार
Header

काठमाडौं महानगरले के–के मा कति कर असुली गरे,  सबैभन्दा बढी घरजग्गामा ५७ करोड बढी


प्रकाशित: आईतबार, २० साउन २०७५, २१ः२० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले आर्थिक बर्ष २०७४÷०७५ मा गरेको कर असुली लक्ष्य अनुरुपम नभएको राजस्व महाशाखाले जनाएको छ ।

 
यस आर्थिक बर्षमा महानगरपालिकाले ५ अर्ब ३१ करोड ८३ लाख ४३ हजार राजश्व संकलन गरेको छ । महानगरले गत आवमा १० अर्ब २७ करोड ४१ लाख ७४ हजार राजश्व उठाउने लक्ष्य राखेको थियो ।

 
महानगरले लिएको लक्ष्य भन्दा ५१ प्रतिशत मात्र राजश्व संकलन गर्न सफल भएको छ । सबैभन्दा बढी घरजग्गा करतर्फ ५७ करोड ५९ लाख ७८ हजार राजश्व असुल गरेको छ भने घरबहाल करतर्फ ५६ करोड ३५ लाख ८ हजार रहेको छ ।

 
त्यसैगरी विज्ञापन कर र व्यवसाय करतर्फ १०÷१० करोड राजश्व असुल गरेको छ भने सबैभन्दा कम सव–वे करतर्फ ५४ हजार असुल गरेको महानगरपालिकाका राजश्व महाशाखा प्रमुख राज्यप्रकाश प्रधानाङ्गले जानकारी दिएको छ ।


महानगरले सवारी करतर्फ २ करोड लक्ष्य लिएकामा ३१ लाख नौ हजार मात्र असुल गरेको छ भने मालपोत कर भने १० करोड लक्ष्य लिएकामा ११ करोड ३० हजार असुल गर्न सफल भएको राजश्व महाशाखाले जनाएको छ ।

 
त्यसगरी महानगरले बसपार्क सेवा शुल्क ५० लाख असुल गर्ने लक्ष्य लिएकामा ४० लाख संकलन गर्न सफल भएको छ ।

 
महाशाखा प्रमुख प्रधानाङ्गका अनुसार आव २०७३÷०७४ मा २ अर्ब ७८ करोड ८१ लाख १६ हजार राजश्व संकलनको लक्ष्य लिएकामा दुई अर्ब ८२ करोड ५१ लाख १३ हजार संकलन भएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD