१४ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौं महानगरले कहाँ – कहाँ भत्काए अबैध संरचना


प्रकाशित: बुधवार, २९ भाद्र २०७९, १०ः४० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानरपालिका प्रमुख बालेन्द्र शाह (वालेन) को निर्देशनमा महानगरका ३९ स्थानमा डोजर चलेको छ ।


महानगरपालिकाले १९ ठाउँका बेसमेन्ट तथा जमिन तलाको व्यवसायिक प्रयोजन हटाएर पार्किङ्का लागि खाली गराएको छ भने २० ठाउँका मापदण्ड विपरीत निर्माण गरिएका अनधिकृत संरचनाहरु, ओभरल्यापिङ् र सेडव्याक हटाएको छ ।


महानगरले नक्सा स्वीकृत गर्दा पार्किङ् र भण्डार कक्ष देखाएर सुविधा लिएका र निर्माणपछि व्यवसायिक लाभमा प्रयोग भएका संस्थागत तथा व्यक्तिगत भवनका भूमिगत तथा जमिन तला खाली गराएको हो ।

 
वेसमेन्ट तथा जमिन तलालाई पार्किङ्का रुपमा खाली गराइएका ठाउँहरुमध्ये वडा नं.१ दरबारमार्ग २ वटा भवन छन । यिनीहरु नेपाल ट्रस्ट र दरबार मलको भूमिगत तला हुन । 


वडा नं. १४ कलंकीमा रहेको स्मार्ट तारा हाउसको भूमिगत तलामा रहेको कपडा पसल र एभरेष्ट गेष्ट हाउसको भूमिगत तलामा रहेको खाजा घर हटाउने काम भएको छ । 


वडा २६ सामाखुशीमा रहेको पुरानो अल नेपाल अस्पताल र खड्का भवन तथा रानीबारीमा रहेको सेन्च्युरी बैङ्क परिसरभित्र रहेका अनधिकृत पसलहरु हटाइएका छन । 


वडा नं. १० बानेश्वरमा पर्ने ५ जनाको स्वामित्व रहेको बानेश्वर प्लाजाको ई ब्लकमा भएको संरचना हटाएर ५ वटै घरको पार्किङ् बनाउने काम भएको छ । 


यसै गरी अल्फा विटा कम्प्लेक्सको भुमिगत तलामा ताला लगाइएको छ । यही वडाका बर्गर हाउस, यूएफओ, रारा कम्प्लेक्स र जी सपले महानगरको सूचना पालना गर्दै अनधिकृत संरचना र अनधिकृत उपयोग हटाएका छन । 


वडा नं. २२ सुन्धारास्थित काठमाडौँ मलको भुइँ तलामा रहेको सटर हटाएर पार्किङ्का लागि खाली गरिएको छ । 


सो वडाको आरवी कम्प्लेक्स परिसरमा रहेका अनधिकृत टहरा हटाइएको छ । बीरा कम्प्लेक्सको भूमिगत तलामा रहेको होलसेल पसल हटाएर गोदाम मापदण्डबमोजिम सञ्चालन गर्ने सहमति गरिएको छ ।

 
वडा नं. २४ मा पर्ने सुरज आर्केट र कासा भवनको भुइँतला खाली गराइएको छ ।

 
वडा नं. ३ को बसुन्धरा चोकबाट सिर्जनशील मार्गसम्मको करिव ९ सय मिटर जीएलडी (गाइडेड ल्याण्ड डिभलपमेन्ट/निर्देशित जग्गा विकास कार्यक्रम) बाटो खोलिएको छ । 


यस क्रममा झण्डै १ सय घरका अनधिकृत कम्पाउण्ड भत्काइएको छ । वडा नं। ४ बालुवाटार विशालनगरस्थित मल्पी स्कूलले सार्वजनिक जग्गा अतिक्रमण गरेर लगाएको जस्ताको बारसहितका संरचना हटाइएको छ । वडा ५ क्षेत्रका सार्वजनिक ठाउँमा बनाइएका ओभरल्यापिङ् हटाइएको छ । वडा नं. ८ पाशुपत क्षेत्र सडक पेटीमा रहेको अनधिकृत संरचना, ओभरल्यापिङ् र विज्ञापनमुलक सामग्री हटाइएको छ । 


वडा १० को देउराली क्लब वरिपरि सडक पेटीमा राखिएका निर्माण सामग्री हटाइएको छ । 


वडा १६ को ढुङ्गेधारा, वडा १७ को धोवी चौर, वडा २४ को सुरज आर्केड अगाडिको सिँढी हटाइएको छ । 


वडा १६ कै माछापोखरी नापतौल कार्यालय अगाडि र महादेव खोला किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका स्थायी र अस्थायी गरेर ४३ वटा संरचना हटाइएको छ । 


यही वडाको नयाँबजार जग्गा एकीकरण आयोजनाभित्र रहेको जुडो हल वरिपरि विभिन्न व्यवसाय गर्न बनाइएका ६ वटा अनधिकृत टहरा हटाइएको छ । 


महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे का अनुसार वडा २४, २५ र २७ सँग जोडिएका असन, इन्द्रचोक, वडा २४ को मखनदेखि बिशालबजारतर्फ आउने गल्लीका, वडा २५ मा रहेका सन्तानेश्वर भवानी शंकर मन्दिर, उमा शंकर मन्दिर र सडक पेटीमा अतिक्रमण गरेर राखिएका संरचना र ओभरल्यापिङ् संरचना हटाइएको छ । 


वडा नं. २६ मा नयाँ बसपार्क मित्रनगरदेखि म्हेपी मन्दिरसम्मका अनधिकृत सेड व्याक, ओभरल्यापिङ्, अनुमति नलिई राखिएका विज्ञापन बोर्ड हटाइएको छ । वडा नं। २९ हनुमान स्थान चिकेन क्युन रेष्टुरेन्टको घर खाली गराइएको छ । 


वडा नं. ३२ कोटेश्वर, अरनिको राजमार्ग दायाँबायाँ क्षेत्रमा भएका अनधिकृत संरचना, स्वीकृति नलिइ राखिएका विज्ञापन बोर्ड हटाइएको छ । नरेफाँट क्षेत्रमा माइकिङ्क गरेर सचेत गराइएको छ । 
यस्तै भाटभटेनी सुपर मार्केटको भूमिगत तलालाई पार्किङ्कका लागि खाली गराइएको छ ।



तस्वीरः बिनय शाक्य
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD