४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

काठमाडौं महानगरले कर छुट म्याद थपे, मनोहरा जग्गा एकिकरणलाई ६ करोड ऋण स्वीकृत 


प्रकाशित: शुक्रवार, ३० पुस २०७८, २०ः०० बजे
- अजय खड्गी

काठमाडौँ । काठमाडौं महानगरपालिका नगर सभाको १० औं अधिवेशन कर छुट म्याद थपदेखि जेष्ठ नागरिकलाई निःशुल्क खोप कार्यक्रमका लागि थप रकम सहित विभिन्न निर्णयहरु भएका छन । 


महानगर प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले जेष्ठ नागरिक निःशुल्क खोप कार्यक्रमको लागि विनियोजित ५० लाख रुपैयाँमा १ करोड ५० लाख रुपैयाँ थप गरिएको छ ।


त्यसैगरी पुस मसान्तसम्मका लागि सम्पत्ति करमा दिइएको १० प्रतिशत छुृटको सुविधालाई चैत मसान्तसम्म दिने निर्णय गरेको छ । महानगरको आर्थिक ऐन २०७८ को दफा २ अनुसार लाग्ने करमा दिइएको छुटको अवधि बढाइएको हो ।


सभाले मनोहरा जग्गा एकीकरण आयोजनाका लागि ६ करोड ऋण स्वीकृत गरेको छ । शुक्रवार बसेको सभाले ४२ करोड ८४ लाख ७९ हजार रुपैयाँ बजेट संशोधन गरेको छ । 


काठमाडौं महानगरपालिकाको सञ्चित कोषबाट कार्यान्वयन हुने १६ अर्ब ८ करोड ७० लाख १२ हजार रुपैयाँ र बाह्य कोष (नेपाल सरकार, प्रदेश सरकार र आयोजनाहरु) बाट कार्यान्वयन हुने २ अर्व ८७ करोड ७ लाख रुपैयाँ गरी १८ अर्व ९५ करोड ७७ लाख १२ हजार रुपैयाँ बजेटको कुल सीमालाई यथावत राखेर विनियोजित बजेटमध्ये नपुग हुने शीर्षक तथा कार्यक्रममा ४२ करोड ८४ लाख ७९ हजार बजेट थप गरिएको हो । 


सोही बराबरको रकम खर्च हुन नसकी बचत हुने शीर्षकवाट घटाएर मिलान गरिएको छ ।


सभाले १ अर्व ९१ करोड ८० लाख १० हजार ८४ रुपैयाँ वेरुजुलाई नियमित गर्ने निर्णय गरेको छ । महालेखा परीक्षकको कार्यालयले अन्तिम लेखा परीक्षण प्रतिवेदनमा नियमित गर्न सकिने औल्याएका वेरुजुहरुलाई प्रमाण पु¥याएर लेखा समितिले नियमितका लागि सभामा पेश गरेको थियो । यो रकम कुल वेरुजुको ४२.८२ प्रतिशत रकम हो । 


फोहरमैला प्रभावित क्षेत्रका स्थानीयवासीहरुसँग समय समयमा भएका सहमति कार्यान्वयन गर्ने क्रममा यस अघि छुट भएको शिक्षक दरवन्दी अनुदानसहित प्रभावित क्षेत्रबाट माग भएर आएका योजनालाई संशोधनमा समेटिएको छ । 


सभाले आवधिक योजनाको आधार पत्र तर्जुमा गर्न र सवारी तथा यातायात व्यवस्था ऐन २०७५ संशोधनका लागि सैद्धान्तिक सहमति दिएको छ । 


सभालाई सम्बोधन गर्दै प्रमुख शाक्यले भने,‘ चरण चरणमा आएको कोविड महामारीका कारण पूर्वाधार निर्माणमा पूर्ण क्षमतामा काम गर्न पाइएन । तर जीवन रक्षा (मानवीय सहायता) का क्षेत्रमा धेरै काम भएका छन ।’


त्यस क्रममा सभाका उपाध्यक्ष एवं महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ पनि कार्यकालका अधिकांश समय जीवन रक्षाको कामलाई पहिलो दायित्व बनाउनु पर्ने परिस्थिति सिर्जना भएकोले त्यही अनुरुप काम गरिएको बताईन ।  


अधिवेसनका सचिव एवं महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले स्वीकृत योजनाहरुलाई पूर्ण कार्यान्वयनमा लैजानका लागि कर्मचारी प्रशासनलाई चुस्त दुरुस्त र प्रभावकारी परिचालनमा ध्यान दिइने बताए । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika