५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरले अब हरेक वडामा डाक्टर, नर्स, इन्जिनियर देखि फुड इन्सपेक्टर राख्ने


प्रकाशित: आईतवार, १२ भाद्र २०७९, २०ः५० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिले महानगरका ३२ वटै वडामा एक–एक जना इन्जिनियर, एमडीजीपी डाक्टर र नर्स राख्ने भएको छ । 


आइतबार बसेको आठौं कार्यपालिका वैठकमा महानगर प्रमुखले प्रस्ताव गरेको सो प्रस्तावलाई बैठकले अनुमोदन गरेको छ । 


हरेक वडामा वडा क्लिनिक सञ्चालन गर्ने र त्यहाँ रोगको पहिचान गर्न सक्ने जनरल प्राक्टिसमा एमडी गरेका डाक्टर राख्ने मेयर बालेन साहले बताए । 


वडा क्लिनिकमा चिकित्सकलाई सहयोग गर्न एक जना नर्स रहने छ ।


प्रमुख शाहका अनुसार जनरल फिजिसियन डाक्टर राखेमा स्वास्थ्यसम्बन्धी सरसल्लाह दिन र कुनै समस्याको तत्काल उपचार गर्न सकिने छ ।


स्वस्थयकार खानपिनको लागि महानगरले फुड इन्सिपेक्टर राखिनेछ । फुड इन्सिपेक्टरले महानगरमा बिक्रि हुने खाने  ( पिउने कुरा, तरकारीको विषादी, मासु आदिको क्वालिटी जाँच गर्न ती फुड इन्स्पेक्टरहरु काम लाग्ने छन । 


यस्तै फुटपाथ व्यवस्थापनमा खटिएका नगर प्रहरीलाई दैनिक ५ सय रुपैयाँ भत्ता दिने पनि महानगरको कार्यपालिका बैठकले निर्णय गरेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex