१३ बैशाख २०८१, बिहिबार
Header

काठमाडौं महानगरले अब एनआईसी एसिया बैंकबाट कारोवार गर्ने


प्रकाशित: सोमवार, २० मंसिर २०७८, १७ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो आर्थिक कारोवार एनआईसी एसिया बैंकबाट गर्ने भएको छ । 


महानगरले आम्दानी र खर्च खाता सबै एनआईसी एसिया बैंकमा सर्नेबारे एनआईसीसँग सम्झौता गर्ने तयारी गरेको छ । 


यस अघि महानगरले नेपाल राष्ट्र बैंक र नबिल बैंकबाट कारोवार सञ्चालन गरिरहेको थियो ।  


सबै खाता एनआईसीमार्फत सञ्चालन गर्दा करिब ७ अर्ब रुपैयाँ निक्षेप एनआईसी एसियामा सर्नेछ । महानगरपालिकाले दैनिक २ करोडभन्दा बढी राजस्व आम्दानी गर्ने गरेको छ । 


एसनआईसी एसियाले दैनिक राजस्व संकलनका लागि सबै वडा कार्यालय वा वडा कार्यालयसँगै बैंकको एक्सटेन्सन कार्यलय खोल्ने प्रतिवद्धता जनाएको छ । कर्मचारीले नगद नबुझी बैंकिङ खातामा कर बापतको जम्मा गर्न लगाउने महानगरको योजना छ ।


महानगरपालिकका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार महानगरपालिको बोलकबोलबाट नै एनआईसी एसियामा दैनिक कार्यसञ्चालनको खाता खोल्न लागेको हो । 


नबिल बैंकसँगको १० वर्षको सम्झौता सकिएपछि नयाँ बैंकमा खाता सञ्चालन गर्न लागिएको हो । नबिल बैंकसँगको सम्झौता गत असारमै सकिएपछि महानगरपालिकाले नयाँ सम्झौताको प्रक्रिया अघि बढाएकोमा ९ वटा बैंकले आफ्ना अफरसहित प्रस्ताव पेश गरेका थिए ।


जसमध्ये एनआईसी एसियाको प्रस्ताव छनोट गरिएको महानगरपालिकाले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD