१४ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौं महानगरले अत्यावश्यक सेवा दिने


प्रकाशित: विहिवार, १६ बैशाख २०७८, ०९ः०० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले निषेधाज्ञाविच पनि अत्यावश्यक सेवा दिने भएको छ । 


महानगरले विहिवारबाट सीमित कर्मचारी बोलाएर अत्यावश्यक मात्र सेवा प्रदान गर्ने जानकारी दिएका छन । 


महानगरपालिकाका प्रशासन विभागका प्रमुख महेश काफ्लेका अनुसार निषेधाज्ञा अवधिका लागि परिपत्रमा, यस अवधिभर अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने भएको छ । 


त्यसैगरी वडा कार्यालय खोल्नु पर्ने अवस्थामा वडाध्यक्ष र सचिवको समन्वयमा सीमित कर्मचारीलाई आलोपालो बोलाएर कार्यालय सञ्चालन गर्ने गर्न सकिने विभागीय प्रमुख काफ्ले बताएका छन । 


यसैगरी विभाग, आयोजना, महाशाखा, सचिवालय, कार्यक्रम र इकाईका प्रमुखले सीमित कर्मचारी बोलाएर अत्यावश्यक सेवा प्रवाह गर्नुपर्नेछ ।


विभागका प्रमुखहरुलाई कार्यालयले बोलाउँदा जुनसुकै बेला पनि कार्यालयमा उपस्थित हुन सक्ने अवस्थामा बस्न भनिएको छ ।


नेपालमा नयाँ भेरियन्टको कोविड १९ को संक्रमण पैmलिन थालेपछि संक्रमण रोकथाम र नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँले संक्रामक रोग निवारण ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐनको दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरेर निषेध आदेश जारी गरेको हो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD