काठमाडौँ । चीन सरकारले काठमाडौ महानगरपालिकालाई सडक सफा गर्ने २ वटा ग्लुमर हस्तान्तरण गरेको जनाएको छ ।
नेपालको सामाजिक विकासमा चिनीयाँ सरकारले विभिन्न परियोजनामार्फत सो सहयोग उपलब्ध गराउने भएको हो ।
समाज कल्याण परिषद् र चीनीयाँ एनजीयो नेटवर्क इन्टर्नेशनल एक्सचेन्जबीच आइतबार भएको समझादारी अनुसार सामुदायिक विकास, जीविकोपार्जन, विपद् व्यवस्थापन, सीपमूलक तालीम, शिक्षा र स्वास्थ्य सेवामा परियोजना सञ्चालन गर्ने भएको परिषदले जनाएको छ ।
सो समक्षदारी पत्रमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा र चीनका तर्फबाट अन्तर्राष्ट्रिय विभाग उपमन्त्री वाङ याजुनले हस्ताक्षर गरेका छन् ।
Categorized in समाज