२ भाद्र २०८३, मंगलबार
Header

काठमाडौं महानगरलाई आगामी आवको लागि १ अर्ब ८३ करोड २७ लाखको बजेट


प्रकाशित: सोमबार, २० जेठ २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । सरकारले प्रस्तुत गरेको आगामी आब ०७६÷०७७ को लागि काठमाडौं महानगरपालिकालाई सबै भन्दा बढि रकम छुट्याएको छ । 


महानगरलाई  १ अर्ब ८३ करोड २७ लाखको बजेट छुटाएको छ । चालु आ.व.मा १ अर्ब ७८ करोड ४ लाख  छुटाएको थियो ।


चालु आ.व.मा पोखरा महानगरपालिकाले सबैभन्दा बढि १ अर्ब ८१ करोड ८६ लाख बजेट प्राप्त गरेको थियो भने आगामी आव.को लागि १ अर्ब ७७ करोड २९ लाख छुटाएको छ । 


सबैभन्दा कम अनुदान भने विराटनगर महानगरपालिकामा प्राप्त गर्ने भएको छ ।  तथ्यांक अनुसार यस महानगरका लागि आवमा ८५ करोड १६ लाख रुपैयाँ अनुदान छुट्याइएको छ ।


त्यसैगरी भरतपुर महानरपालिकाले आगामी आवको लागि१ अर्ब ३२ करोड ४४ लाख प्राप्त गर्ने छन भने चालु आवमा १ अर्ब २३ करोड ९३ लाख छुटयाएको थियो । 


वीरगन्ज महानगरपालिकाले पनि आगामी आवको लागि १ अर्ब ५ करोड ३७ लाख प्राप्त गर्नेछन भने ललितपुर महानगरपालिकाको लागि  ९१ करोड ६१ लाख छुटयाएको छ ।    

                
सरकारले  ६ वटा महानगरपालिकालाई वित्तीय हस्तान्तरणका माध्यमबाट ७ अर्ब ७५ करोड १४ लाख रुपैयाँ छुट्याएको हो । 


चालु आवमा यस्तो रकम ७ अर्ब ४९ करोड ९२ लाख थियो । आगामी आवमा चालु आवको तुलनामा ७० करोड २२ लाख रुपैयाँ (३.२८) प्रतिशत बजेट बढेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex