७ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौं महानगरमा ७०,२७६ मतगणना गर्दा कसले कति पायो ?


प्रकाशित: शुक्रवार, ६ जेठ २०७९, २०ः४५ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाको निर्वाचन मतगणना जारी छ । 


मुख्य निर्वाचन कार्यलय, काठमाडौंको विहान ८ः३० बजेको अपडेट अनुसार ७० हजार २७६ मति गणना भईसकेको छ । 


मतगणना अनुसार नेकपा एमाले उम्मेदवार केशव स्थापितले १३ हजार ५७६ मत पाएका छन भने नेपाली कांग्रेसका सिर्जना सिंहले १२ हजार ९३८ मत पाएका छन । 


स्वतन्त्र उम्मेदवार वालेन्द्र (वालेन) साहले २५ हजार ६३८ मत पाएका छन भने अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १ हजरा ५४१ मत पाएका छन । 


त्यसैगरी उपमेयरमा एमालेकी सुनिता डंगोलले २५ हजार १७५ मत पाएकी छिन भने उनका प्रतिस्पर्धी गठबन्धनका रामेश्वर श्रेष्ठले ८ हजार ९०८ मत पाएका छन । 


राप्रपाकी विनिता मगैयाले ८ हजार ०८७ मत पाएकी छिन भने स्वतन्त्रकी विद्या श्रेष्ठले २ हजार ८ मत पाएकी छिन ।

 
यो मतपरिणाम वडा १, २, ३, ४, ५, ६, ७, ८, ९, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ को हो । अहिलेसम्म १, २, ३, ४, ५, २८, ३० वडाको मतगणना सम्पन्न भईसकेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD