२५ माघ २०८१, शुक्रबार
Nepal Bank AD

काठमाडौं महानगरमा ६ हजार सहकारी बचतकर्ताको चार अर्व ४९ करोड बढि रकम फिर्ता मागदावी 


प्रकाशित: बुधवार, ९ माघ २०८१, १९ः२० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका सहकारीका बचतकर्ताहरुले सहकारी विभागमा बचत फिर्ताको मागदावी गराई दिन निवेदन पेश गरेका छन । 


महानगरको सहकारी विभागमा ६ हजार २ सय ६६ बचतकर्ताले सहकारी संस्थाहरूबाट ४ अर्ब ४९ करोड ४५ लाख ६८ हजार ८ सय ३४ रुपैयाँ बचत फिर्ता गराइदिन मागदाबी सहित निवेदन दिएका हुन ।


महानगरले अनुसन्धान र कारबाहीका लागि प्रहरीमा पठाएका १ सय १८ सहकारीका बचतकर्ताले यो मागदाबी गरेको होे । 


सहकारी विभाग प्रमुख नमराज ढकालले मंगलवार मंगलबार संघीय सरकार अन्तर्गतको सहकारी विभागका रजिस्ट्रार पिताम्बर घिमिरेलाई सो जानकारी उपलव्ध गराएको थियो । 


महानगरपालिका कार्यक्षेत्र रहेका  १ हजार ९ सय १७ सहकारी संस्था मध्ये सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) मा १ हजार ७ सय ४४ संस्था दर्ता छन् ।


संघीय सहकारी विभाग मातहत १ सय ४७ सहकारी संस्था छन् । यस्तै बागमती प्रदेश कार्य क्षेत्र भएका सहकारी संख्या ३ हजार २ सय ७ छ ।


तत्कालीन डिभिजन सहकारी कार्यालय स्थानीय तहमा हस्तान्तरण गर्ने सम्बन्धमा नेपाल सरकारले १ साउन २०७४ मा निर्णय गरेको थियो । त्यसअनुसार १ साउन २०७५ देखि डिभिजन सहकारीले गर्दै आएका काम महानगरमा हन्तान्तरण भएर आयो ।

 

22 January 2025, Wednesday           

asteriskhubs
Home Page Bottom Second


Nepal Bank AD
maharjan complex