१५ चैत्र २०८०, बिहिबार
Header

काठमाडौं महानगरमा ६०,८९० मत गनिसक्दा सुनितालाई २२५२२, अरुलाई कति ?


प्रकाशित: विहिवार, ५ जेठ २०७९, १९ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकामा ६० हजार ८९० मतगणना सकिएको छ । 


मुख्य निर्वाचन अधिकृतको कार्यलय काठडमाडौको बेलुका ७ बजेको अपडेड अनुसार नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले १२ हजार १३० मत पाएका छन । 


कांग्रेसका मेयर उम्मेदवार सिर्जना सिंहले ११ हजार ४१४ मत पाएकी छिन भने स्वतन्त्र उम्मेदवार बालेन्द्र (वालेन) साहले २२ हजार ९६५ मत पाएका छन । त्यसैगरी, स्वतन्त्रका सुमन सायमीले १ हजार ३६९ मत पाएका छन । 


उपमेयरकी उम्मेदवार एमालेका सुुनिता डंगोलले २२ हजार ५२२ मत पाएकी छिन भने गठबन्धनका रामेश्वर श्रेष्ठले ७ हजार ९२४ मत पाएका छन । 


राप्रपाकी विनिता मगैयाले ७ हजार ४५५ मत पाएकी छिन भने स्वतन्त्रकी विद्या श्रेष्ठले १ हजार ७६२ मत प्राप्त गरेकी छिन । 


यो मतपरिणाम १, २, ३, ४, ५, ६, ७, ८, २७, २८, २९, ३०, ३१ र ३२ को हो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD