२६ बैशाख २०८१, बुधबार
Header

काठमाडौं महानगरमा २५ गतेबाट गरिब घरपरिवार गणना हुँदै 


प्रकाशित: बुधवार, २१ चैत्र २०८०, १२ः४० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महागरपालिकाले चैत्र २५ गतेबाट महानगरको गरिब घर परिवारको गणना तयारी गरेको छ । 


गणना कार्यमा खटिने गणक र गणकको सुपरिवेक्षण गर्ने सुपरिवेक्षकका लागि पनि तालिम सुरु गरिएको महानगरपालिकाले जनाएको छ ।


२१ जना सुपरिवेक्षक र २०९ जना गणकले महानगरको घर घरमा गएर टयावमा विवरण उल्लेख गर्नेछ ।


तथ्याङ्क अधिकृत कृष्णराज तिवारीका अनुसार जनगणना २०७८ ले महानगरपालिकाभित्र देखाएको घरपरिवार संख्या २ लाख ३८ हजार ९६६ रहेको छ । 


वडागत रुपमा हेरेर गणक र सुपरिवेक्षक खटाउँदा १ जना गणकले १ महिनामा २५० जना घरपरिवारको तथ्याङ्क संकलन गर्ने गरी समय र जनशक्ति खटाइनेछ । 


गणना योजना अनुसार वडा नं. १६ र ३२ गरी २ वटा वडामा २१/२१ जना, वडा नं. ६ र ३१ मा १४/१४ जना, वडा नं. १५ मा १२ जना, वडा नं. १४ मा ११ जना, ४ र ७ मा १०/१० जना जनशक्ति परिचालन गरिनेछ ।


यस्तै वडा नं. २६ र १३ मा ९/९ जना, वडा नं. ३, ९ र १० गरी ३ वटा वडामा ८/८ जना जनशक्ति खटिनेछन । वडा नं. २९ मा ६ जना, वडा नं. १७ र ३० मा ५/५ जना, वडा नं. ५ मा ४ जना, वडा नं. २, ११, २१ र २८ मा ३र३ जना खटिनेछन । 


वडा नं. ८, १२, १८, १९, २० र २५ गरी ६ वटा वडामा २/२ जना जनशक्ति परिचालन हुनेछ । 


वडा नं. १, २२, २३, २४ र २७ गरी ५ वटा वडामा १/१ जना जनशक्ति खटिनेछन । 


  
गणकहरुले गणना गर्ने क्रममा गरिबी, गरिब परिचय पत्र, विवरण संकलन र परिचय पत्रको कानुनी पक्ष र प्राविधिक कक्षामा ट््यावको प्रयोग गरेर अनलाइन प्रणालीमा आधारित विवरण संकलन, भण्डारण गर्नेछ । 

 

गणकहरुबाट प्राप्त भएको विवरण सुपरिवेक्षकले प्रशोधन गर्ने काम गर्नेछन ।  
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD