१४ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौं महानगरमा १,०१६ जनाको र्‍यापिड टेस्ट, ६५ हजार बढीलाई राहत


प्रकाशित: आईतवार, १४ बैशाख २०७७, ११ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा आरडिटि (र्‍यापिड डाइग्नोस्टिक टेस्ट) सम्पन्न भएको छ । 


महानगरभित्र विदेशवाट आएकाहरु एक हजार १६ जनामा आरडिटि टेस्ट गरएकोमा सवैको रिपोर्ट नेगेटिभ आएको सहरी स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रबिलास बज्राचार्यले जानकारी दिए । 


बैशाख ३ गतेदेखि काठमाडौं महानगरले टेस्ट सुरु गरेर बैशाख १३ गते सबै वडामा सकाएको हो । २०७६ फागुन १८ गतेपछि स्वदेश फिर्ता भएर काठमाडौं महानगरक्षेत्रमा बसोबास गरिरहेको टेस्ट गरिएको थियो । 


महानगरका प्रमुख बिद्यासुन्दर शाक्य र उपप्रम्ुख हरिप्रभा खड्गी श्रेष्ठले ¥यापिड टेस्ट अनुगमन निरीक्षण गरेका थिए । 


परीक्षणमा सबैभन्दा धेरै वडा ३१ का ११९ जना दोश्रोमा वडा ३२ बाट ११५ जना र तेश्रोमा वडा ४ बाट ५१ जना सहभागी भएका थिए । 


यसैविच महानगरले ६५ हजार २०२ लाई राहत प्रदान गरिसकिएको प्रशासन बिभागका प्रमुख नमराज ढकालले वताए । 


बैशाख १२ गतेसम्ममा राहतका लागि ७५ हजार ५७६ जनाको पहिचान प्राप्त भएको प्रमुख ढकालले जानकारी दिए । 


लकडाउन अवधिमा १८ हजार ४६३ जनालाई निःशुल्क खाना खुवाइ सकिएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD