१५ चैत्र २०८०, बिहिबार
Header

काठमाडौं महानगरमा स्थगित खोप कार्यक्रम सुचारु, भोली र पर्सी लगाईने


प्रकाशित: आईतवार, ३० जेठ २०७८, १४ः४० बजे
- अजय खड्गी

काठमाडौं । काठमाडौं महानगरभित्रका ६० देखि ६१ बर्ष उमेर समूहलाई जेठ ३१ गते सोमवार र असार १ गते मंगलवार खोप दिईने भएको छ ।


वीर अस्पताल, शीक्षण अस्पताल महारजागंज, शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल टेकु र निजामति कर्मचारी अस्पताल बानेश्वर खोप केन्द्र तोकेको छ । 


जनस्वास्थ्यले शनिवार एक सुचना जारी गरी उक्त उमेर समूहसँगै, यस अघि पहिलो भेरोसेल खोप लगाएका व्यक्ति, स्वास्थ्यकर्मी, कोभिड १९ का विरामीका प्रत्इक्ष चेकजाँच र उपचारमा संलग्न चिकित्सक, नरसिंह र प्यारमेडिक विद्यार्थीहरुले भेरोसिलको पहिलो डोज लगाउने पाउने जनाएको छ ।  


विहान १० बजेदेखि ४ बजेसम्म तोकिएको अस्पतालहरुमा गएर खोप लगाउन सकिने छ । यस अघि २८ र २९ गते लगाउने खोप खोप अभावको कारण लगाउन नसकिने भन्दै महानगरले खोप कार्यक्रम स्थगित गरेको सुचना प्रकाकशित गरेको थियो ।

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD