७ भाद्र २०८३, आइतबार
Header

काठमाडौं महानगरमा मेयरका लागि बिद्यासुन्दर र केशव स्थापित सहित ४ जनानको नाम सिफारिस


प्रकाशित: विहिवार, १ बैशाख २०७९, २०ः१० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर पद (प्रमुख)का लागि ४ जनाको नाम सिफारिस गरेको छ । 


काठमाडौं महानगर कमिटीले केशव स्थापित, विद्यासुन्दर शाक्य, निर्मल देउला र इन्दिरा पन्तको नाम सिफारिस गरेको हो । 

 


सर्वसम्मत मेयर बन्ने विषयमा सहमति जुट्न नसकेपछि मेयरका आकांक्षी चारै जनाको नाम कमिटीले पठाएका हुन । 


मयेर पदका बलियो दावेदारी रुपमा मेयर शाक्य र स्थापित एमाले केन्द्रीय सदस्य हुन भने देउला महानगर कमिटी एमाले अध्यक्ष हुन । पन्त सहकारी विभाग सदस्य हुन । 

 


एमालेले उपमहानगर र महानगरको पदाधिकारी केन्द्रीय कमिटीले टुंगो लगाउने मापदण्ड अनुसार, काठमाडौं जिल्ला कमिटीले आकांक्षीहरुको नाम केन्द्रीय कमिटीमा पठाउनेछ ।


२०७४ को स्थानीय चुनावबाट बिद्यासुन्दर र २०५४ जितेर स्थापित काठमाडौं महानगरका मेयर बनिसकेका छन । बिद्यासुन्दरले २०४९ र ०५४ को स्थानीय निर्वाचनमा काठमाडौं महानगर–२१ बाट वडाध्यक्ष जितेका थिए ।  
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex