काठमाडौं । काठमाडौं महानगरपालिका भित्र कति घर रहेको छ भन्ने यकिन तथ्यांक नभएपनि महानगरभित्र नक्सा पास र निर्माण सम्पन्नता प्रमाणपत्र लिएको विवरण अनुसार बर्सेनी हजार भन्दा बढि घर बनेको देखिएको छ ।
आर्थिक वर्ष २०७४/७५ मा काठमाडौं महानगरपालिकाबाट २ हजार ७३२ घर निर्माणका लागि नक्सा पास भएका मध्ये १ हजार १३४ घरलाई निर्माण सम्पन्नताको प्रमाण पत्र लिएको देखिएको छ ।
महानगरपालिकाले नक्सा पास गरेको मितिले २ देखि ४ वर्षभित्र निर्माण सम्पन्न गर्नुे पर्ने प्रावधान भएपनि प्रायः जसो घर निर्माण गरेर त्यतिकै बसिदिने गरेकोले कति घर बनेको भन्ने सही तथ्य पाउन ग्राहो छ ।
महानगरपालिकाले आ.व. ७३/७४ मा साविकका ३५ वटै वडाबाट अनलाइनबाटै नक्सा पास गर्न मिल्ने व्यवस्था गरेको छ ।
अनलाईनमै नक्सा पास विवरण देखिने भएपछि कति घर नक्सा पास भयो भनेर हेर्न सकिने भएके छ । आ.व. ७३/७४ मा तीन हजार २ सय ९१ नक्सा पास भएको छ ।
यस आर्थिक बर्षमा २ हजार ५ सय ४२ ले घर निर्माण सम्पन्नताको प्रमाणपत्र लिए ।
Categorized in समाज