१५ बैशाख २०८२, सोमबार
Header

काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं हाजिर हुन पुुगेपछि तनाव


प्रकाशित: विहिवार, २१ चैत्र २०८१, १२ः१० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा हाजिर हुन पुगेपछि महानगर प्रहरीले रोकेका छन । 


प्रमुख प्रशासकीय अधिकृत हाजिर हुन पुुगेपछि उनलाई नगर प्रहरीले रोकेका थिए तर कर्मचारीले गुराइगाईलाई कार्यालय प्रवेश गराएका थिए ।

 
गुरागाई कार्यालय प्रवेश गरेपनि उनी आफ्‌नो कार्यकक्षमा भने प्रवेश गर्न सकेनन । 


काठमाडौंको भ्यूटावर प्रकरणमा छानविन चलिरहेको भन्दै गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो ।


त्यसपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि अहिले महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन छ ।


यस्तो अवस्थामा आफूहरूले तलबसमेत खान नपाएको भन्दै कर्मचारीहरू आक्रोशित बनेका हुन् । उनीहरूले कुनै पनि हालतमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हाजिर गराउने बताइरहेका छन् ।

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
maharjan complex